शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङको ज्वालामुखीमा मेगा बैंक

आइतबार, ०६ जेठ २०७५, १७ : २२
आइतबार, ०६ जेठ २०७५

धादिङ । मेगा बैंक नेपाल लिमिटेडले धादिङको ज्वालामुखी गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।  बैंकको शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्यलाई निरन्तरता दिने क्रममा मेगा बैंकले धादिङको ज्वालामुखी गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको जनाएको छ । राजधानीबाट नजिकै भएर पनि ज्वालामुखी गाउँपालिकामा अहिलेसम्म कुनै पनि क वर्गको बाणिज्य बैंक पुगेको थिएन ।

स्थानीय आवश्यकतालाई महसुस गर्दै मेगा बैंकले शाखा विस्तार गरेपछि स्थानीय बासिन्दाहरु उत्साहित भएको बैंकले जनाएको छ । योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यसअघिदेखि नै धादिङबेसी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । मेगा बैंकले एक हप्ताको अबधिमा नौ वटा शाखा विस्तार गरेको छ । मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप