शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कारको अभियोगमा घिमिरे पक्राउ

आइतबार, ०६ जेठ २०७५, १८ : ५८
आइतबार, ०६ जेठ २०७५

नुवाकोट– ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिएको छ । 

अभिभावकको उजुरी, घटना प्रकृति र बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा ४४ वर्षका घिमिरेलाई जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । 

मकवानपुरगढीबाट यहाँको पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित कविलासमा मजदुरी गर्न आएका घिमिरेले शनिबार बालिकाको घरमा कोही नभएको समयमा जुस खान दिएर ‘अपराध’ गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप