शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दिपले पहिलो ओभरमै लिए महत्वपूर्ण विकेट

आइतबार, ०६ जेठ २०७५, १९ : ००
आइतबार, ०६ जेठ २०७५

नयाँ दिल्ली– आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमै एक महत्वपूर्ण विकेट लिएका छन् । उनले ओपनिङ्ग व्याटम्यान सुर्यकुमार यादवलाई चौथो बलमा क्याच आउट गराएका हुन ।

सन्दिपको पहिलो बलमा चौका ,दोश्रो बलमा छक्का हानेर दबाबमा दिएका यादबले तेस्रो बलमा दुई रन लिएका थिए । तर चौथो बलमा उनी सन्दिपको बलिङ्गमा टिक्न सकेनन् । 
सुर्यकुमार यादवले हानेको बललाई बि. शंकरले क्याच गरेका थिए ।

टस जितेर पहिलो ब्याटिङ्ग गरेको दिल्ली डेयरडेभिलले दिएको १७५ को लक्ष्य मुम्बईले पछयाइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप