बजाज डोमिनार मोटोग्राफीबाट चालकहरु सगरमाथा बेस क्याम्पतिर
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरुलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनीहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ ।
एचएच बजाजले डोमिनार ४०० का ११ जनालाई शाहसी चालकहरु छनोट गरेर यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने अवसर प्रदान गरेको जनाएको छ । यो यात्रा आज (२० मे)बाट सुरु भएर ३० मे २०१८ सम्म चल्नेछ । चालकहरुकोलागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा खुशी लागेको बताए । उनले डोमिनार बाइकका चालकहरु सँधैं कौतुहलता र साहसिक यात्रासँग जोडिइ रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन