सन्दिपले लिए दोश्रो ओभरमा दुई विकेट
आइतबार, ०६ जेठ २०७५, २० : ०१
नयाँ दिल्ली– आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले दोश्रो ओभरमा दुई विकेट लिएका छन् । उनले १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् ।
यसअघि उनले पहिलो ओभरमा ओपनिङ्ग व्याटम्यान सुर्यकुमार यादवलाई चौथो बलमा क्याच आउट गरेका थिए । सन्दिपको पहिलो बलमा चौका ,दोश्रो बलमा छक्का हानेर दबाबमा दिएका यादबले तेस्रो बलमा दुई रन लिएका थिए । तर चौथो बलमा उनी सन्दिपको बलिङ्गमा टिक्न सकेनन् । सुर्यकुमार यादवले हानेको बललाई बि. शंकरले क्याच गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा