आईपीएलमा दिल्लीको जीत, सन्दीप लामिछानेले लिए तीन विकेट
आइतबार, ०६ जेठ २०७५, २१ : ०५
काठमाडौं– आईपीएल क्रिकेटमा नेपाली दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।
आइतबार साँझ सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।
मुम्बईको ब्याटिङ ध्वस्त बनाउने क्रममा नेपाली बलर सन्दिप लामिछानेले तीन विकेट लिए । उनको उत्कृष्ट प्रदर्शनसँगै मुम्बई इण्डियन्स निशास बन्न पुग्यो ।
खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिएका थिए ।
पहिलो ओभरमा बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।
यस्तै १० औं ओभरको दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमै किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग