मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको स्वागतमा झकिझकाउ संघीय संसद्,  १६ तस्बिरमा हेर्नुहोस्

सोमबार, ०७ जेठ २०७५, १२ : ०२
सोमबार, ०७ जेठ २०७५

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह आर्थिक  वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम  संघीय संसद्मा प्रस्तुत गर्दैछिन् । नयाँ संविधान कार्यान्वयनमा आएसँगै राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । 

एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ । 
राष्ट्रपति संघीय संसदलाई सम्बोधन गर्न आउने भएपछि उनको स्वागतका लागि संघीय संसद परिसर सिंगारिएर झकिझकाउ पारिएको छ ।  राष्ट्रपति संघीय संसदमा अपरान्ह चार बजे पुग्ने कार्यक्रम छ । उनको स्वागतका लागि कुनै कमजोरी नदेखाउन संसद सचिवालयका कर्मचारी  खटिएका छन् । 
राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद  सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । 

उनका अनुसार तयारी गर्ने क्रममा संसद् भवनलाई सजाउनेदेखि लिएर सुरक्षा व्यवस्थालाई चुस्त बनाउने काम भएको छ । राष्ट्रपतिको स्वागत र सवारीलाई व्यवस्थित तुल्याउन सचिवालयले पूर्व अभ्याससमेत गरेको छ । 

राष्ट्रपतिबाट हुने संघीय संसद्को सम्बोधन कार्यक्रममा सहभागी हुन आउने व्यक्तिको स्वागत तथा व्यवस्थापनका लागि कार्य विभाजन गरी कर्मचारी खटाइएको छ ।  

उक्त विशेष कार्यक्रममा सहभागिताका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई निम्त्याइएको छ । 

 मन्त्रिपरिषदको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । 

 

 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप