मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अचम्म तरिकाले प्रशंसकले दिए श्रीदेवीलाई श्रद्धाञ्जली, बोनीको छल्कियो आँसु

सोमबार, ०७ जेठ २०७५, १२ : २९
सोमबार, ०७ जेठ २०७५

आइतबार बिहान बोनी कपूरका लागि निकै विशेष दिन रह्यो किनभने पुणेमा बस्ने टोनू सोजतिया नामकी एक फोटोग्राफर आफ्नो कार लिएर मुम्बईमा बोनी कपुरको घरमा आफ्नी आइडल श्रीदेवीका श्रीमानलाई भेट्ने आशामा पुगिन् ।

टोनूले स्पटब्वाईसँग श्रीदेवीलाई अर्पित गरिएको भिन्न प्रकारको श्रद्धाञ्जली बोनी कपुरले हेरिन् भन्ने आफ्नो चाहना भएको बताइन् । उनले बोनीसँग भेट्ने आफ्नो इच्छा पनि प्रकट गरिन् । उनको इच्छा बोनीले पुरा गरिदिए ।

जानकारीका अनुसार टोनुले आफ्नो कारलाई श्रीदेवीको पोस्टरले सजाएकी थिइन् । टोनू र उनका साथीले बोनीलाई उनको अफिसमा भेटे र श्रीदेवीबारे कुराकानी गरे । टोनुले श्रीदेवीलाई आफ्नो आदर्शमा रुपमा हेर्ने गरेको जानकारी दिइन् ।

त्यसपछि जब बोनीले श्रीदेवीको यादमा सजाइएको उनको कार देखे तब उनको आँखा रसाएको टोनुले जानकारी दिइन् । साथै, श्रीदेवीका लागि टोनुको प्रेम देखेर बोनी खुसी भएको पनि बताइन् ।

छुट्टीने बेला टोनूले फिल्म ‘सोला सावन’ बाट बोनी कपुरलाई श्रीदेवीको एउटा पोष्टर पनि उपहारस्वरुप दिइन् । टोनुले उक्त कार चलाएर इन्दौरस्थित घर जान चाहेको र उक्त कार सबैलाई देखाउन चाहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप