बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुण्डाराजको अन्त्य नगरेसम्म देशको विकास हुँदैन: गृहमन्त्री थापा

सोमबार, ०७ जेठ २०७५, १३ : ०८
सोमबार, ०७ जेठ २०७५

हेमराज ढकाल
भक्तपुर– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा गुण्डाराजको अन्त्य नगरेसम्म विकास नहुने बताएका छन् । पूर्व माओवादी केन्द्र निकट वाइसिएल नेपालले सोमबार गरेको शहिद तथा वेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने ‘मुलुकमा देखिएको गुण्डाराज, अपराध, तस्करी, महिलाहिंसा र भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय छ ।’

सवै प्रकारको सिण्डिकेट जरैदेखी अन्त्य गर्दै जनताको राज स्थापित गर्न वर्तमान सरकार क्रियाशिल रहेको गृहमन्त्री थापाको दावी छ ।  मन्त्री थापाले भ्रष्ट्राचार र तस्करीकै कारण मुलुकको विकास अबरुद्ध भएको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्दै सरकार विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए ।

‘जनयुद्धका शहिद तथा वेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिवद्ध छ’ मन्त्री थापाले भने । वेपत्ता नागरिक र सहिदले देखेको सपना अझै पूरा नभएकाले भन्दै गृहमन्त्री थापाले सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको पनि बताए ।

अहिलेको समाजवाद उन्मुख संघीय सरकार निर्माणमा सहिद र वेपत्ता योद्धाहरुको बलिदानबाटै आजको उपलब्धी हासिल भएको उनको भनाई छ ।  भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरि भूमीदोहन मौलाएको भन्दै अबैध बालुवा उत्खनन्लाई रोक्न तथा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारवाही गर्न गृहमन्त्री थापाले निर्देशन दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता दिलकृष्ण प्रजापति, देवेन्द्र श्रेष्ठ, जिल्ला संयोजक डिपी ढकाललगायतले वर्तमान सरकारले परिवार र सहीद परिवारको सम्मान गर्दै मुलुकलाई सम्बृद्धितर्फ लानुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप