शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई मुस्लिम संघको दबाब (भिडियो)

सोमबार, ०७ जेठ २०७५, १३ : ५७
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल काँग्रेसनिकट नेपाल मुस्लिम संघले आफूहरुको पर्व कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै सरकारलाई दिवाव दिन सुरु गरेको छ ।  आईतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै संघले आफूहरुको पर्वमा विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन दबाब दिएको हो ।

सरकारले आफूहरुको पहिचानसमेत मेटाउने ढंगले विदा कटौती गर्ने निर्णय लिएपछि फिर्ता लिन दवाव दिन सुरु गरिएको संघका महासचिव मोख्तार अहमदले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाउने क्रममा उनले आफूहरुको पर्वमा विदा कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउनुपरेको पनि स्पष्ट पारे । आईतबार जिल्ला प्रशासन कार्यालय पुगेका संघका नेतृत्वले प्रमुख जिल्ला अधिकारी शर्मासँग आफूहरुको विदा कटौती गर्ने निर्णयमा पुनर्विचारका लागि पहल गरिदिन आग्रह गरेका थिए । 


संघले संवैधानिक व्यवस्थाअनुसार समावेशी सिद्धान्तका आधारमा मदर्सा शिक्षालाई व्यवस्थित गर्न राष्ट्रिय मदर्सा बोर्ड तत्काल गठन गर्न पनि सरकारसँग माग गरेको छ । मुस्लिम आयोगलाई क्रियाशील बनाउन पनि माग गरिएको संघद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

स्विरः सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप