बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङको धुनीवेसीस्थित इँट्टा उद्योगमा वम विस्फोट

सोमबार, ०७ जेठ २०७५, १४ : १९
सोमबार, ०७ जेठ २०७५

मलेखु– दक्षिणी धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँट्टा उद्योगमा आज अज्ञात समूहले विस्फोट गराएको छ । 

बम विस्फोटका कारण इँट्टा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा रु ६ लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताए । 

घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । ६ महिनाअघि बिप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकाले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । ६०० मजदुरले काम गर्ने उद्योगमा मजदुर नभएको मौकामा विस्फोट गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप