बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ह्याट्रिकमा असफल साम्राज्ञी

सोमबार, ०७ जेठ २०७५, १५ : ४४
सोमबार, ०७ जेठ २०७५

काठमाडौं – डेब्यु फिल्मबाट चर्चा र सफलता दुवै हात पार्ने कमै अभिनेत्री छन्, नेपाली फिल्म नगरीमा । यस हिसावले भन्ने हो भने भाग्यमानी अभिनेत्री हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी पहिलो फिल्म ‘ड्रिम्स’बाटै सफलता र चर्चा दुबै पाउन सफल भइन् ।

‘ड्रिम्स’बाट नै स्थापित अभिनेत्रीको सूचीमा पर्न सफल उनको अर्काे फिल्म ‘ए मेरो हजुर २’ आएको थियो । यो फिल्मले उनको सफलतामा अझ उचाही थप्ने काम गर्यो । दुई फिल्मको सफलताले उनलाई अफरको ओहिरो समेत लाग्यो ।

चुजी स्वभावकी शाहले अफरका थुप्रै फिल्म मध्य ‘तिमीसँग’ रोजिन् । जुन केही पहिले मात्र प्रदर्शनमा आएको थियो । हुन त साम्राज्ञीको ‘तिमीसँग’को अभिनय हिसाबले दोस्रो फिल्म भएपनि प्रदर्शनको हिसावले तेस्रो हो । 

‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’मा राम्रो अभिनय गरेर दर्शक रिझाएकी साम्राज्ञीले तेस्रो फिल्म ‘तिमीसँग’बाट पनि बाजी मार्ने र उनले लगातार सफल चलचित्र दिएर ह्याट्रीक गर्ने अनुमान उनी सहित धेरैको थियो । तर उनी सफल हुन सकिन् । उनको तेस्रो फिल्म ‘तिमीसँग’ बक्स अफिसमा नराम्रोसँग पछारियो । 

ड्रिम्समा अनमोल केसी र ए मेरो हजुर २ मा नवनायक सलिमान बनियासँग रोमान्स गरेकी शाहले तेस्रो फिल्म तिमीसँगमा भने नाजिर हुसेन र आकाश श्रेष्ठसँग रोमान्स गरेकी थिइन् । तर यो रोमान्स पर्दामा सफल हुन सकेन । 

शाहका अहिले दुई फिल्म प्रदर्शनमा आउने तरखरमा छन् । ति हुन् ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डन’ । यी दुबै फिल्मले उनको करियर माथी उठाउने हो, होइन त्यो भने प्रतिक्षाको बिषय हो । मितीसँग प्रदर्शनको समयमा साम्राज्ञीले लगातार सफल तीन फिल्म दिएर ह्याट्रिक गर्छिन् भन्नेको मुख भने अहिले थुनिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप