मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

UPDATE : सरकारको नीति तथा कार्यक्रममा के-के आयो ?

सोमबार, ०७ जेठ २०७५, १६ : २८
सोमबार, ०७ जेठ २०७५

–सरकार लोकतन्त्रको आधारभुत मल्यमान्यता, स्वतन्त्र न्यायलय र मानवअधिकारप्रति प्रतिवद्ध छ ।

–राष्ट्रिय स्वभिमानको पटछाडी लामो इतिहास छ । छिमेकी मित्रको सम्वन्धमा असल सम्बन्ध चाकान्छौ ।

–हाम्रो अन्तराष्ट्रिय सम्बन्ध संकीर्ण होइन, मानवजातीले विश्वसम्बन्धमा आधारित । संयुक्त पञ्चशील, दुइपक्षीइ सन्तुलित हुनेछ ।

हाम्रो सभ्यता, भाषा, संस्कृतिको विकास राष्टनिर्माणाको यथार्थ र सामाजिक सम्पति हुन् । द्धेष फैलाउनेलाई असफल पार्नुपर्छ ।

–सामाजिक सद्भावको बाटाबोट राष्ट्रिय एकता मजबुत पार्नुपर्छ, त्यसविपरितका काम सरकारले स्वीकर्दैन । 

–सामाजिक न्याय र समानताको सरकारले पक्षपोषण हो । 

–शान्ति र स्थायीत्वको आधार बनाएका छौ । सभार्वभौमा सत्ता सम्पन्न जनताले छानेका प्रतिनििधले शान्ति र हिंशा फैलाउने दृश्य देखाउनु दुर्भाग्य हो । 

–राष्ट्रिय एकता र अखण्डता र शान्ति सरकारको पहिलो प्राथमिकता ।

–सम्बृद्धि मृगतृष्णा रहदैन, शान्ति र स्थायित्वलाई सरकारले प्राथमिकतामा राख्नेछ । 

.................................................................

----------------------------------------------

–सरकारले लोकप्रीयताका लागि नभई जनताका काम गरेर लोकप्रियता हासिल गर्नेछ । राज्यको सेवा, सुरक्षा र समानताका आधारमा वितरण गर्न संघीययतको अवधारणा ल्याइएको हो ।

–संघ प्रदेश र स्थानीय तहका सवै एउटै भुगोल, भाषा भएकाले साझा संयन्त्र हुन् । सवै आ आफ्ना संयन्त्र छन् ।

–सम्बृद नेपाल सुखी नेपाल दीर्घकालिन सरकारको प्रमुख उदेश्य हुनेछ । त्यसका लागि राष्ट्रिय संकद्यप छ । 

सरकारका केन्द्रविन्दु  आम नागरिक, सवैलाई समान व्यवहार गरिनेछ । 

शान्ति र सुशासनका आधारमा सरकार अघि बढ्न प्रतिबद्ध छ । सवै दललाई आव्हान गर्दछ । 

वर्तमान पुस्ताले नै विकासको अनुभुति गर्नेगरी सरकारले योजना अघि सारेको छ । 

–विकास कानुन, जनशक्ति सेवा प्रबाह र नतिजामा आमुल परिवर्तन । 

विकास,सुचनाको गहन अनुसन्धानमा आधारित हुनेछ । जसका लागि राष्ट्रिय सुचना संकलन ।

–सरकारलाई नियमित सुझाव दिन थिक ट्याकको व्यवस्था गर्नेछ । 

अवका योजना पुर्णयोजाना बन्नेछन् । 

-समृद्धिको इतिहास रच्ने आर्थिक बर्ष हुनेछ । 

.................................................................

----------------------------------------------

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । 

-राष्ट्रपति भण्डारी अपरान्ह चार बजे संसद भवन पुग्दा उनलाई सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए । 

-राष्ट्रपतिलाई संसद परिसरमा नेपाली सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो । 

-मन्त्रिपरिषदको हिजोको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । 

-एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ । 

संसद भवन परिसरलाई सिंगारिएको छ । 

.................................................................

----------------------------------------------

-सहभागिताका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुख पुगेका छन् । 

-नेपालको संविधानमा माथिल्लो सदनका रूपमा राष्ट्रियसभा र तल्लो सदनका रूपमा प्रतिनिधिसभा छन् ।

-प्रवुद्ध वर्गको प्रतिनिधित्व रहेको राष्ट्रियसभा ५९ सदस्यीय तथा प्रतिनिधिसभा २७५ सदस्यीय छन्  ।

-नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिलाई मूर्तरुप दिन ल्याइने नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट तयारीसमेत भइरहेको छ ।  

-संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

.................................................................

----------------------------------------------

-संयुक्त बैठक सकिएलगतै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले राष्ट्रपतिबाट भएको सम्बोधनप्रति धन्यवाद दिनेछ । 

-सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिइने छ ।

-त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप