मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

UPDATE : बाम सरकारको नीति तथा कार्यक्रममा के-के समेटियो ?

सोमबार, ०७ जेठ २०७५, १६ : ४१
सोमबार, ०७ जेठ २०७५


-राष्ट्रिय राजमार्गलाई एक्प्रेस हाइवेका रुपमा विकास गरिने

-पूर्वपश्चिम र उत्तर दक्षिणका सडकलाई राष्ट्रिय महत्वका साथ अघि बढाइने

-सुरुङमार्ग निर्माण गर्ने नीति लिइने ।

-काठमाडौं नीजगड राजमार्ग  ५ वर्षभित्र सकिने ।

-मदन भण्डारी राजमार्ग निर्माणलाई तिब्रता दिइने ।

.................................................................

----------------------------------------------

 

–आठ वर्ष भित्र २४ घण्टा  विद्युत आपुर्ती व्यवस्था

–साना ,मझौता, प्रविधि प्रोत्साहन गर्ने 

–विद्युत प्रशारण निर्माण सरकारले गर्ने

–अन्तरदेशिय प्रशारण लाइनको विस्तार गरिनेछ

–विश्व बजार प्रतिस्पर्धी उद्योग स्थापना

–बन्द र रुघ्न उद्योग स्थपाना

–चिनिमा आत्मनिर्भर

–छाला जुत्ता उद्योग स्थापाना 

–सिमेन्ट उद्योगलाई निर्यात मुलक बनाइनेछ

–निजि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार मानिनेछ

–सहकारीलाई अर्थतन्त्रमा रोजगारी वृद्धी गराइने

–जनस्वार्थमा प्रतिकुलमा नकारात्मक असर गर्ने बस्तु

–सबै प्रकारका सिन्डीकेट कठोरताका साथ नियान्त्रण र स्वस्थ प्रतिस्पर्धा

–गुणस्तरको नियमन गरिनेछ

.................................................................

----------------------------------------------

-५ बर्षभित्र कृषिमा आधारित ठुलो हिस्सा कृषिमा परिचालन गर्ने, कृषिलाई आधुनकिकिरण र बैज्ञानिककरण गर्ने 

-भुमिबारे कानुन परिमार्जन गरिने ।

-कृषियोग्य भुमिको खण्डिकरण रोक्ने,सामुहिक खेती प्रणालीलाई पथमिकता 

-कृषि उत्पादनको बृद्धि गरिनेछ, प्रोत्सान गरिनेछ । अर्गानिक कृषिको बढवा दिइनेछ । 

-खाद्य स्वतन्त्रताका लागि प्रभाकारी अनुगमन गरिनेछ । पविधकि ज्ञानका लागि कृषि केन्द्र गठन गरिनेछ ।

-बालि लगाउनुपुर्व धान, गहु र उखुको मुल्य तोकिने, भण्डार, सञ्चय र अनुगमन गरिने छ । 

-साना ठुला सिचाइको प्रवन्ध गरिनेछ । 

-फलफुल र जडिबुटिको खेती विस्तार, बजारीकरणका प्रोत्साहित गरिने ।

-भुक्षय नियन्त्रण र राष्ट्रपति चुरेकार्यक्रम प्रभावकारी बनाइनेछ । 

पानीको श्रोत हिमतालको संरक्षण गरिनेछ । 

.................................................................

----------------------------------------------

–हरेक क्षत्रमा योग्य विशेषज्ञ गर्नको लागि वृहद जनसक्ति निर्माण 

–श्रोत साधनलाई कुशल परिचालन

–अर्थतन्त्रलाई उत्पादनमुलक, रोजगारी मुलक, निर्यातमुखी 

–दश वर्षमा मध्यम स्तरमा पु¥याइने

–दिगो विकास प्राप्त हुने स्थीति

–कृषि उर्जा सूचना विकास, पर्यटन, शहरी विकास विकासका सम्बाहक

–गैर आवसिय नेपाललाई उत्प्रेरित

–विष्प्रेपणमा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी बनाइने

–स्वेतपत्रले देखाएको समस्याको ठोस समाधान प्रस्तुत गरिनेछ

–वित्तिय अनुसासनमा कडाई सरकारी रकम दोहनमा अंकुश

–राजस्व अपचलनविरुछ कठोर कदम

–सबै नेपाली,सबै नेपालीको बैक खाताको व्यवस्था

.................................................................

----------------------------------------------

–सरकार लोकतन्त्रको आधारभुत मल्यमान्यता, स्वतन्त्र न्यायलय र मानवअधिकारप्रति प्रतिवद्ध छ ।

–राष्ट्रिय स्वभिमानको पटछाडी लामो इतिहास छ । छिमेकी मित्रको सम्वन्धमा असल सम्बन्ध चाकान्छौ ।

–हाम्रो अन्तराष्ट्रिय सम्बन्ध संकीर्ण होइन, मानवजातीले विश्वसम्बन्धमा आधारित । संयुक्त पञ्चशील, दुइपक्षीइ सन्तुलित हुनेछ ।

हाम्रो सभ्यता, भाषा, संस्कृतिको विकास राष्टनिर्माणाको यथार्थ र सामाजिक सम्पति हुन् । द्धेष फैलाउनेलाई असफल पार्नुपर्छ ।

–सामाजिक सद्भावको बाटाबोट राष्ट्रिय एकता मजबुत पार्नुपर्छ, त्यसविपरितका काम सरकारले स्वीकर्दैन । 

–सामाजिक न्याय र समानताको सरकारले पक्षपोषण हो । 

–शान्ति र स्थायीत्वको आधार बनाएका छौ । सभार्वभौमा सत्ता सम्पन्न जनताले छानेका प्रतिनििधले शान्ति र हिंशा फैलाउने दृश्य देखाउनु दुर्भाग्य हो । 

–राष्ट्रिय एकता र अखण्डता र शान्ति सरकारको पहिलो प्राथमिकता ।

–सम्बृद्धि मृगतृष्णा रहदैन, शान्ति र स्थायित्वलाई सरकारले प्राथमिकतामा राख्नेछ । 

.................................................................

----------------------------------------------

–सरकारले लोकप्रीयताका लागि नभई जनताका काम गरेर लोकप्रियता हासिल गर्नेछ । राज्यको सेवा, सुरक्षा र समानताका आधारमा वितरण गर्न संघीययतको अवधारणा ल्याइएको हो ।

–संघ प्रदेश र स्थानीय तहका सवै एउटै भुगोल, भाषा भएकाले साझा संयन्त्र हुन् । सवै आ आफ्ना संयन्त्र छन् ।

–सम्बृद नेपाल सुखी नेपाल दीर्घकालिन सरकारको प्रमुख उदेश्य हुनेछ । त्यसका लागि राष्ट्रिय संकद्यप छ । 

सरकारका केन्द्रविन्दु  आम नागरिक, सवैलाई समान व्यवहार गरिनेछ । 

शान्ति र सुशासनका आधारमा सरकार अघि बढ्न प्रतिबद्ध छ । सवै दललाई आव्हान गर्दछ । 

वर्तमान पुस्ताले नै विकासको अनुभुति गर्नेगरी सरकारले योजना अघि सारेको छ । 

–विकास कानुन, जनशक्ति सेवा प्रबाह र नतिजामा आमुल परिवर्तन । 

विकास,सुचनाको गहन अनुसन्धानमा आधारित हुनेछ । जसका लागि राष्ट्रिय सुचना संकलन ।

–सरकारलाई नियमित सुझाव दिन थिक ट्याकको व्यवस्था गर्नेछ । 

अवका योजना पुर्णयोजाना बन्नेछन् । 

-समृद्धिको इतिहास रच्ने आर्थिक बर्ष हुनेछ । 

.................................................................

----------------------------------------------

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । 

-राष्ट्रपति भण्डारी अपरान्ह चार बजे संसद भवन पुग्दा उनलाई सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए । 

-राष्ट्रपतिलाई संसद परिसरमा नेपाली सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो । 

-मन्त्रिपरिषदको हिजोको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । 

-एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ । 

संसद भवन परिसरलाई सिंगारिएको छ । 

.................................................................

----------------------------------------------

-सहभागिताका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुख पुगेका छन् । 

-नेपालको संविधानमा माथिल्लो सदनका रूपमा राष्ट्रियसभा र तल्लो सदनका रूपमा प्रतिनिधिसभा छन् ।

-प्रवुद्ध वर्गको प्रतिनिधित्व रहेको राष्ट्रियसभा ५९ सदस्यीय तथा प्रतिनिधिसभा २७५ सदस्यीय छन्  ।

-नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिलाई मूर्तरुप दिन ल्याइने नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट तयारीसमेत भइरहेको छ ।  

-संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

.................................................................

----------------------------------------------

-संयुक्त बैठक सकिएलगतै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले राष्ट्रपतिबाट भएको सम्बोधनप्रति धन्यवाद दिनेछ । 

-सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिइने छ ।

-त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप