बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेताका ज्वाईं बैंकिङ कसुरमा पक्राउ

सोमबार, ०७ जेठ २०७५, १७ : ३१
सोमबार, ०७ जेठ २०७५

काठमाडौं । धादिङ–२ स्थायी घर भएका राजकुमार अधिकारी बैंकिङ कसुरमा पक्राउ परेका छन् । आफ्नै साथीबाट सापटी लिएको १० लाख रुपैयाँ लामो समय नतिरेर पैसा नभएको चेक दिएर टार्न खोजेका अधिकारीलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिएका छन् ।

बैंकिङ कसुरमा पक्राउ परेका राजकुमारलाई छुटाउन धादिङ कांग्रेसका पूर्वसभापति रामनाथ अधिकारी लागिपरेका छन् । तर, प्रहरीले बैंकिङ कसुरमा म्याद लिईसकेको भन्दै प्रहरीले उनलाई रिहा गर्न अस्विकार गरेको बताईएको छ ।

नेपाली कांग्रेस धादिङका एक नेता अनुसार राजकुमार रामनाथ अधिकारीका ज्वाईं हुन् ।  

धादिङको बैरेनीका प्रेम चन्द्र अधिकारीबाट लिएको रकम पटक–पटक ताकेता गर्दा पनी नदिएपछि पिडीत प्रहरी शरणमा पुगेका थिए । 

अभियुक्त राजकुमार रामनाथका ज्वाईं मात्र नभएर उनका अति निकट मानिने निर्माण व्यवसायी नारायण श्रेष्ठका पार्टनर हुन् । श्रेष्ठको नाना कन्स्ट्रक्सनको आवरणमा राजकुमारले समेत काम गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप