बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमप्रति बाबुरामको व्यंग्य !

सोमबार, ०७ जेठ २०७५, १८ : ५१
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले संविधान संशोधनको विषयलाई विर्सेको टिप्पणी गरेका छन् । राष्ट्रपति भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै ट्वीटरमार्फत उनले सो प्रतिक्रिया दिएका हुन् । डा. भट्टराईले सरकारको नीति तथा कार्यक्रम सुन्दा कर्णमधुर नै लागेपनि कार्यान्वयन हुनेप्रति शंका व्यक्त गरेका छन् ।

उनले ५ वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने कुरा राम्रै भएपनि ५ वर्षभित्र दाहोरो अंकको आर्थिक बृद्धिदर हाँसिल गर्ने कुरा असम्भव भएको बताएका छन् । डा.भट्टराईले सरकारको सो दाबी प्रति ब्यंग्य गर्दै भनेका छन्,‘५ वर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गरिनेछ भनेर होला त ? अबदेखि ५ वर्षसम्म वर्षेनी कति अंकको बृद्धिदर हासिल गरे आय दोब्बर होला ? कोही अर्थशास्त्रका ज्ञाताबाट जानकारी पाउन न ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप