आइएमई लाइफ इन्स्योरेन्सबाट म्यादी जीवन वीमा गरी मृत्यु भएकाको परिवारलाई रकम हस्तान्तरण
सोमबार, ०७ जेठ २०७५, १९ : १२
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट वीमा गराएर मृत्यु भएकाको परिवारलाई कम्पनीले रकम हस्तान्तरण गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स गएका जनकपुरका शंकरकुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र मृतक खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगा कुमारी थापालाई दाबी पर्न आएकै दिन १३ लाख दाबी रकम हस्तान्तरण भएको हो । त्यसैगरी बैदेशिक रोजगार (म्यादी) वीमा गराएकी सिन्धुपाल्चोककी रिता बुढाथोकी शेर्पाको बिदेशमानै मत्यु भएकोले उनका श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन वीमा वापतको १४ लाख हस्तान्तरण भएको छ । दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धकं दिनेश अमात्यले एक समारोह विच हस्तानतरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा