बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको एकैसाथ ५ नयाँ स्थानबाट बैंकिङ्ग सेवा

सोमबार, ०७ जेठ २०७५, १९ : १९
सोमबार, ०७ जेठ २०७५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै साथ ३ नयाँ शाखा कार्यालय तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । जेष्ठ १ गते १० नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको बैंकले एकैसाथ थप ३ शाखा कार्यालय तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको हो ।

बैंकले सुुनसरीको धरान उप–महानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र जुुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने जनाएको छ । साथै बैंकले कञ्चनपुुरको वेलडांडी–२ तथा भिमदक्तनगर–८ मा २ नयाँ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप