शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई इन्स्योरेन्सद्वारा दाबी परेकै दिन दुई परिवारलाई भुक्तानी

मङ्गलबार, ०८ जेठ २०७५, ०८ : ५७
मङ्गलबार, ०८ जेठ २०७५

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका दुई परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्सले दाबी परेकै दिन भुक्तानी दिएको छ ।

आइएमईले पोल्याण्डमा मृत्यु भएको र संयुक्त अरब इमिरेट्समा बिरामी भएर नेपालमा उपचार गराउने क्रममा मृत्यु भएका ग्राहकलाई भुक्तानी गरेको हो ।

सिन्धुपाल्चोक गुम्बाकी रीता बुढाथोकी शेर्पाको पोल्याण्डमा मृत्यु भएको थियो भने धनुषा गोदारका शंकरकुमार खपांगी संयुक्त अरब इमिरेट्सबाट बिरामी भएर नेपाल आएपछि उपचारको क्रममा मृत्यु भएको थियो ।

कम्पनीले शेर्पाका श्रीमानलाई १४ लाख र थापाको परिवारलाई १३ लाख रुपैयाँ भुक्तानी गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप