बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१४ वर्षको उमेरमा हत्याको आरोपमा जेल सजाय पाएका व्यक्ति २७ वर्षपछि निर्दोष सावित

मङ्गलबार, ०८ जेठ २०७५, १४ : ३८
मङ्गलबार, ०८ जेठ २०७५

न्युयोर्क–हत्याको आरोपमा जेल सजाय दिइँदा जोन बुन १४ वर्षका थिए । उनलाई बिदामा रहेका ब्रुकलिनका एक अधिकारीको हत्या गरेको आरोप लागेको थियो ।

एक न्यायाधीशले उनलाई २७ वर्षपछि दोषमुक्त गरेपछि, मंगलबार अन्ततः निदोर्ष सावित भए । 

मंगलबारको फैसलापछि भावुक भएका बुनले अदालतमै आफ्ना अधिवक्तालाई अङ्गालेर रोएका थिए ।

“म आफ्नो जीवनको लागि लडेको र आफ्नो निर्दोषिताको लागि लडेको २७ वर्ष भइसक्यो ।” बुनले भने ।

जेल सजाय भएको १७ वर्षपछि सन् २००९ मा बुन प्यारोलमा जेलमुक्त भएका थिए । दुई वर्ष अघि उनले नयाँ अदालतको कारवाही शुरु गर्ने अनुमति पाएका थिए ।

“उनीहरुले म निर्दोष मानिस भएको स्वीकादैनन् र भन्दा पनि भन्दैनन् । तर म एक निर्दोष मानिस हु र म सधैंनै निर्दोष थिएँ ,” बुनले अदालतमा भने, “तिमीहरु सबैले एक गलत मानिसलाई समाएर जेल सजाय दियौ । असली हत्यारा भने अहिले पनि खुल्ला हिँडिरहेका छन् ।”

के थियो घटना?
सन् १९९१ अगष्ट १३ बिहान ४ बजे वरपर ब्रुकलिन बसोबास परियोजनाका दुई अधिकारीहरु रोल्याण्ड निइस्चर र रोबर्ट क्रस्सोन एक कारमा मारिएका थिए ।

अदालतको दस्ताबेज अनुसार शंकास्पद व्यक्ति दुई जना थिए र उनीहरुले कार चोर्न कोसिस गर्दा कारधनीबाट प्रतिवाद भएपछि गोली चलाएका थिए ।

निइस्चरलाई पाँच वटा गोली लागेको थियो र गोलीले बनाएको घाउका कारण उनको मृत्यु भयो ।

पुलिसले त्यो बेला अन्जान ठेगानाबाट एक सानो चिट पाएको थियो जसले उनीहरुलाई बुन र उनका सह–आरोपी रुसेन हारग्रुभसम्म पु¥याएको थियो । 

जम्मा एक दिन चलेको उनीहरुको मुद्धामा घटनाको एक मात्र प्रत्यक्षदर्शी र गोली लागेर बाँचेका रोबर्टले देखाइएको फोटोहरुमा उनीहरुलाई शंका गरेको आधारमै सजाय दिइएको थियो ।

घटनास्थालमा दुई साइकल, रगत र कयैन औठा छापहरु पाइएको थियो । यो मुद्दालाई पुनरावलोकन गरेकी एक जिल्ला अधिवत्ताले दस्ताबेज अनुसार बुन र हारग्रुभसँग ती औठाछाप नमिलेको बताए ।
मंगलबार निर्णय सुनाउदा न्यायाधीसले यो घटनाको अधिकांश जिम्मा न्यूयोर्क पुलिस डिपार्टमेन्टका एक बदनाम पूर्व गुप्तचरमाथि लगाए ।
उनले यो मुद्दालाई जसरी न्यायप्रणालीले अघि बढायो त्यसको पनि आलोचना गरिन् ।

“एक दिनभित्र उनीहरुले एक जुरी चुने, मुद्धाको सुनुवाई भ्याए, प्रत्यक्षदर्शी ल्याए र हत्या प्रकरणको निष्कर्ष निकाले । यस्तो क्रियालाई म कुनै हिसाबमा पनि न्याय भन्न सक्दिन ।” न्यायाधीस शन्दया सिम्पसनले भनिन् ।

निर्णयपछि बुनका वकिलले रिपोर्टरहरुसँग बोल्दै बुन न्यायालयबाट क्षमायाचना योग्य भएको बताए ।

“उनलाई क्षमायाचना गरिएको भए निक्कै राम्रो हुने थियो । यसले उनले आफू पूर्णत निर्दोष भएको महसुस गर्न सक्थे । तर त्यसो भएन र यस्तो नहुनु निक्कै दुभाग्र्यपूर्ण हो ।” पुनरस्थापना अभियानको निर्देशक ग्लेन गरबरले भने ।

बुनले सीएनएनसँग कुरा गर्दै उनले जेलमा रहदा स्वअध्ययनबाट पढ्न सिकेको बताए । जेलमुक्त भएदेखि उनले न्यु योर्कका जेलबन्दीहरुका लागि २०,००० किताबहरु संकलन गरिसकेका बताए । उनले अघिल्लो वर्ष ‘ए भ्वाइस फर द अनहर्ड’ नामक शैक्षिक परियोजना स्थापना गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप