बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको डाटा प्रयोगकर्ता एक करोड भन्दा बढी, ३८.५८ प्रतिशत फोरजी डाटा प्रयोगकर्ता

मङ्गलबार, ०८ जेठ २०७५, १५ : २६
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् ।

टेलिकमले हालै प्रकाशित गरेको चैत महिनाको एमआईएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार रहेका छन् । सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता रहेको टेलिकमले जनाएको छ । २०७४ असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्य सम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको छ । यस अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले वृद्धि भएको टेलिकमले जनाएको छ । 

टेलिकमले जारी गरेको रिपोर्ट अनुसार २०७४ चैत मसान्त सम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ छन् । यस अनुसार डाटा प्रयोगकर्ता मध्ये ३८.५८ प्रतिशत नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता छन् । ७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार १ करोड ९३ लाख २२ हजार ८ सय ५५ रहेका छन् ।

त्यसैगरी जीएसएम मोबाइल सेवाका ग्राहक १ करोड ६९ लाख ४४ हजार ५ सय ३९, सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३ सय ५१ तथा पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ८९ हजार ३ सय ७३ रहेको टेलिकमले जनाएको छ । डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप