बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको केन्द्रीय कमिटीः नारामा ३३ प्रतिशत महिला, व्यवहारमा १६ प्रतिशत  (सूचीसहित)

मङ्गलबार, ०८ जेठ २०७५, १५ : ४३
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीमा महिलाहरुको ३३ प्रतिशत सहभागिता नभएप्रति महिला नेतृहरुले गुनासो गरेका छन् । रातोपाटीसँग कुरा गर्दै सो पार्टीकी केन्द्रीय सदस्य अष्टलक्ष्मी शाक्यले मुख्य नेतृत्वमा अझै पितृसत्तात्मक सोच नहटेको बताएकी छिन् । ब्यवस्था परिवर्तन भएपनि नेताहरुको चिन्तनमा परिर्वतन नआएकोले पार्टीमा महिला सदस्य उल्लेख्य हुन नसकेको उनको धारणा छ । 

त्यस्तै,अर्की नेतृ तथा केन्द्रीय सदस्य पम्फा भुसालले राजनीतिक दलमा पनि महिला सहभागिताको विषयलाई कानुन बनाएर अनिवार्य ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गर्नुपर्ने बताइन् । उनले भनिन्– ३३ प्रतिशत महिला सहभागिता भनेको महिलाई ३३ प्रतिशत राख्नुपर्छ भन्ने होइन् ५० प्रतिशत सम्म पुर्याउन सक्षम बनाउने भन्ने हो । राजनीतिमा महिला सहभागिता भएन भने बाध्यात्मक रुपमा महिला सहभागिता गराँउनुपर्ने स्थानमा कार्यान्वयन गराउन समस्या हुन्छ ।’  

हालै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ केन्द्रीय कमिटिमा ७३ मात्र महिला सदस्य अटाएका छन् । पार्टीका महासचिव विष्णु पौडेलले मंगलबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार केन्द्रीय कमिटीमा १६ प्रतिशत मात्र महिला अटाएका छन् । पार्टीमा ३३ प्रतिशत महिला प्रतिनिधित्वका लागि १ सय ४५ महिला सदस्य हुनुपथ्र्यो । 

पार्टीको ९ सदस्यीय हाईकमाण्डमा एकजना मात्र पनि महिला नभएकोमा उनीहरुको गुनासो छ । यसबारेमा दुई नेतृ अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले व्यक्त गरेको विचार यस्तो छ:

अष्टलक्ष्मी शाक्यः नेतृत्वमा पितृसत्तात्मक सोच अझै हटेन 
संविधानले नै जुनसुकै निकायमा ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चितता किटान गरेको छ । पहिलेको एमाले पार्टीको विधानमा पनि पार्टीका सबै तहमा एक चौथाई महिला प्रतिनिधित्व निश्चित गरेको थियो । सबै तल्ला कमिटिहरुमा ३३ प्रतिशत महिला सदस्य अनिवार्य गरिएको थियो । पार्टी एकता गर्दा यो सवालमा अलि संवेदनशील नभएको जस्तो लाग्यो । नयाँ पार्टीमा एकतिहाई महिला त पुगेनन् नै हाइकमाण्डमा पनि एकजना महिला सदस्य अटाएनन् । स्थायी कमिटीमा पनि अटाएनन्, एक दुई जना महिला सदस्य आमन्त्रित होलान तर त्यो पनि समानुपातिक हुने कुरा भएन् । 

महिलालाई हेर्ने विषयमा, नीति तथा निर्णय कार्यान्वयन गर्ने सवालमा नेतृत्व कमजोर रह्यो । व्यवस्था परिवर्तन भएपनि नेतृत्वको पितृसत्तात्मक सोच परिवर्तन हुन सकेन् । उनीहरुले सधै महिला नेतृत्वको निर्णय क्षमतालाई कमजोर ठाने । अवसर दिने सवालमा पितृ सत्तात्मक सोच त्याग्न सकेनन् । महिला पनि संघर्ष गरेर जेल नेल खाएर यहाँसम्म आइपुगेका हुन् । लोकतन्त्रका लागि महिला पनि पुरुषसँगै लडेका हुन् । तर उनीहरुले यो बुझेनन् । नेतृत्वमा महिलालाई हेर्ने दृष्टिकोण प्रस्ट भएन् । महिला प्रतिको चिन्तन सोचलाई रुपान्तरण गर्न सकेनन् । 

पार्टी एकता भयो यो त गौरवको कुरा हो । पाटीमा महिलाको समान सहभागिता पनि मागेको होइन, ३३ प्रतिशत मात्र सहभागिताको कुरा गरेको हो । तर यसलाई कार्यान्वयन गरिएन । पार्टी एकता प्रक्रिया अघि बढाँउदा बनेका दुई पार्टीका कार्यदलमा एक एक जना महिला प्रतिनिधि पनि समावेश गराइएन् । पार्टीमा मलाई यो पोष्टमा राखियोस भन्दै महिलाले भन्न जान्ने कुरा पनि भएन् । फेरी पार्टीको नेतृत्वमा आँउन महिलालाई धेरै गाह्रो पनि छ, आफूलाई स्थापित गराँउन पुरुषले भन्दा महिलाले दुई गुणा बढी संघर्ष गर्नुपर्ने हुन्छ । नेतृत्वले महिलाको योगदानको कदर गर्न सक्नुपर्यो, हेर्ने दृष्टिकोण फराकिलो हुनुपर्यो, सबैलाई समेट्नुपपर्यो । महिला मात्र हैन दलित, मधेसीलाई पनि समेट्नुपर्यो ।

पम्फा भुसालः महिला सहभागिताको बहसको ढोका खुल्यो 
यो केन्द्रीय कमिटी नेताहरुले बनाएको लिष्ट हो । यसबारेमा सोच्न र नेताहरुलाई भेट्न भ्याएको छैन् । एकातिर महिलाहरुको सहभागिता बढ्दै गएको छ भने राजनीतिक पार्टीमा निर्णय गर्ने ठाँउमा महिला नभएपछि त्यसको असर पर्छ । कम्युनिष्ट पार्टी भनेको पछाडि परेकाहरुलाई अगाडि बढाँउने पार्टी भएको हुनाले महिलाहरुलाई पनि अगाडि बढाँउनुपर्छ । नेताहरुले कसरी केन्द्रीय कमिटि बनाए थाहा छैन् ।

३३ प्रतिशत महिला सहभागिता भनेको महिलाई ३३ प्रतिशत राख्नुपर्छ भन्ने होइन् ५० प्रतिशत सम्म पुर्याउन सक्षम बनाउने भन्ने हो । राजनीतिमा महिला सहभागिता भएन भने बाध्यात्मक रुपमा महिला सहभागिता गराँउनुपर्ने स्थानमा कार्यान्वयन गराउन समस्या हुन्छ । कि राजनीतिक दलसम्बन्धी कानुन निर्माण गरेर राजनीतिक दलमा महिला सहभागितालाई बाध्यात्मक बनाउनुपर्छ । 

कम्युनिष्ट आन्दोलनबाटै महिला सहभागिता स्थापित भएको बेला कम्युनिष्ट पार्टीमा पनि यसको कार्यान्वयन हुनुपर्ने हो । पुरुप नेताहरु बसेर निर्णय गर्नुुहुन्छ ।  भर्खर पार्टी एकता भएको छ, एकता सुदृढ होस अनि यसबारे पार्टीमा कुरा उठाउँला । मैले यो विषयमा सकारात्मक परिणामको अपेक्षा गरेको छु ।

 यी हुन् कम्युनिष्ट पार्टीभित्र रहेका महिला केन्द्रीय सदस्यहरु: 
-अञ्जना विसङ्खे
- अमृता थापमागर
-. अष्टलक्ष्मी शाक्य
-. आशा कोइराला
- ओनसरी घर्ती
-उमा कोइराला
- उर्मिला अर्याल
-कमलादेवी महतो
- कमला रोका
-कल्याणी खड्का
-कुमारी मोक्तान
-गरिमा शाह
-गोमा देवकोटा
-गौम प्रसाईं कोइराला
-गौरी ओली
-देवी खड्का 
-जयन्ती राई
-जयपुरी घर्ती
-जया घिमिरे
-जुली महतो
-तारा घर्ती
-थममाया थापा
-दामा शर्मा
-दुर्गाजयन्ती राई
-धर्मशीला चापागाई
-नारायणी शर्मा
-नारायणी शर्मा
-पद्मा अर्याल
-पम्फा भुषाल
-पार्वती थापा
 -पूर्णकुमारी सुवेदी
-पुष्पा घर्ती
-बलावती शर्मा
-विना मगर
-विन्दा पाण्डे
-विना श्रेष्ठ
-विमला घिमिरे 
-विमला सुवेदी
-बोधमाया यादव
-मना केसी
-ममता गिरी
-मञ्जु चौधरी
-यशोदा सुवेदी
-रचना खडुका
-राधा ज्ञवाली

- रामकुमारी चौधरी
-रामकुमारी झाँक्री
-रामरतीदेवी राम
- रुपा चौधरी
- रेखा शर्मा
- रेणु चन्द
-रेणु दाहाल
-लक्ष्मी पोख्रेल
-लिला भण्डारी
-सत्या पहाडी
-सरला यादव
- सरिता कार्की
-सावित्रा भुसाल
-सीता गिरी ओली
-सिता पोखरेल
-सिता पौडेल
-सिता सुनदास
-सुजिता शाक्य
- शशी श्रेष्ठ
 -शान्ता चौधरी
-शारदा सुवेदी
-सुशीला नेपाल
- सुशीला सिंखडा
-सुशीला सिरपाइली
-श्रीमाया थकाली
-ज्ञानु बस्नेत


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप