बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२० प्रतिशत बोनस प्रस्ताव पारित गर्दै बुटवल पावर कम्पनीको २५औं साधारण सभा सम्पन्न

मङ्गलबार, ०८ जेठ २०७५, १८ : ०९
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं । संचालक समितिवाट पेश सबै प्रस्तावहरु पारित गर्दै बुटवल पावर कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । आ.ब. २०७३।७४ को खुद मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्तावहरु पारित गर्दै सभा सम्पन्न भएको हो ।

कम्पनीको खुद मुनाफा गत आ.व.को तुलतनामा ७.८% ले बृद्दि भएको छ । कम्पनीले आ.व. २०७३।०७४ देखी आफ्नो वित्तिय विवरणहरु नेपाल वित्तिय प्रतिवेदन मापदण्ड अनुसार तयार तथा प्रस्तुत गर्न प्रारम्भ गरेको जनाएको छ । यसवाट शेयरधनीहरु तथा लगानीकर्ताहरुलाई कम्पनीको समग्र कार्यसम्पादन तथा अवस्थाका बारेमा बुझ्न तथा मुल्यांकन गर्नका लागि थप मद्दत गर्ने अपेक्षा कम्पनीको छ । 

सञ्चालक समितिले नयाँ शेयर निष्काशन पश्चात् सर्वसाधारण शेयरधनीहरुको शेयरको अनुपात अनुसार सर्वसाधारण शेयरधनीको तर्फवाट दुई जना संचालकहरुको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावलीको नियम १६(क)(ख)(ग) संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । 

कम्पनीले हालै आफ्नो चिनियाँ साझेदारहरु एससीआइजी इन्टरनेशनल जीङछेन्द इन्टरनेशनल इन्भेष्टमेन्ट र क्यूवाइईसी इन्टरनेशनलसंगको संयुक्त लगानीमा मनाङ जिल्ला स्थित मस्र्याङदी नदीमा ६०० मेगावाटको माथिल्लो मस्र्याङदी–२ जलविद्युत आयोजना तथा २८२ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना विकासको लागि दुबै आयोजनाहरुका आयोजना कम्पनीका शेयरहरु खरिदको सम्झौताहरु सम्पन्न गरी स्वीकृतिको प्रक्रियामा रहेको छ ।

त्यसैगरी इन्फ्राको एसियासंगको संयुक्त लगानीमा हाल ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजना तथा स्थानीय साझेदारसंगको संयुक्त लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । सो दुबै आयोजनाहरुमा कम्पनीको मुख्य लगानी रहेको छ । मनाङ जिल्ला स्थित ८.५ मेगावाटको चिनोखोला साना जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको कार्य भईरहेको छ । हालै कम्पनीले १६० मेगावाटको मुगु कर्णाली आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य अगाडि बढाइएको छ । उल्लेखित आयोजनको सफल कार्यन्वयनका लागि कम्पनीको संचालक समिति तथा व्यवस्थापनले ध्यान केन्द्रित गरेको छ । यसवाट शेयरधनीहरुको दिर्घकालिन हित सम्वद्र्धन हुने अपेक्षा तथा विश्वास लिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप