बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय दुध कम्पनी भित्रन नदिने अडानमा दुग्ध सहकारी, भन्छ आमुल आए हामी डुब्छौ

मङ्गलबार, ०८ जेठ २०७५, १८ : १५
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं । दुध व्यवसायीहरुले भारतीय दुध कम्पनी आमुललाई नेपालमा प्रवेश गर्न नदिने  भएका छन् । केन्द्रिय दुग्ध सहकारी संघले आमुललाई स्वदेश भित्र्याउने पक्षको आफुहरु विरोधी रहेको प्रष्ट पारेको छ ।  मंगलबार पत्रकार सम्मेलन गर्दै संघले आमुलले नेपालमा फ्याक्ट्री खोल्यो भने आफ्नो व्यवसाय धरासायी हुने बताएको हो । 

आमुलको प्रविधिमात्र भित्र्याउन दिने तर उद्योग नै खोल्ने व्यवस्थाको भने विरोध गर्ने संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले जनाएका छन् ।  उनले नेपालका सहकारीसँग समन्वय गरेर प्रविधि भित्र्याउँदा जुनसुकै देशको भित्र्याएपनि आफुहरुलाई आपत्ति नहुने बताउँदै भने, ‘भारतमा सरकारको सब्सिडीका कारण दुधको मूल्य सस्तो भएकोले आमुलले नेपालमा उद्योग  खोल्दा यहाँको दुधको गुणस्तरतामा प्रश्न उठाएर उतैबाट ल्याउन सक्ने  खतरा रहेको छ । यसले नेपाली किसानहरु मारमा पर्छन् ।  नेपालमै उत्पादन भएको दुधको उचित व्यवस्थापन गर्न नसक्दा अहिले मिल्क होलिडे शुरु भएको छ । सरकारले बजारीकरणमा ध्यान दिए हामी निर्यात समेत गर्न सक्ने अवस्थामा हुन्थ्यौ । ’

यता केही दिन अघि मात्रै नेपाल डेरी एसोसियसनका अध्यक्ष रामकृष्ष्ण सापकोटाले आमुलले नेपालमा प्लान्ट खोले सम्पूर्ण डेरी बन्द गर्ने चेतावनी दिएका थिए ।  यस्तै, संघले कृषकहरुले उत्पादन गरेको कच्चा दुधको व्यवस्थापन गर्न १४ बुँदे विकल्पहरु प्रस्तुत गरेको छ । सहकारी साझेदारीमा दुग्ध उद्योग सञ्चालन गर्न नीतिगत रुपमै व्यवस्था गर्नुपर्ने, ५० प्रतिशत दुग्धजन्य पदार्थमा लागेको मूल्य अभिबृद्धि करको छुटलाई निरन्तरता दिनुपर्ने, विदेशबाट आयातित कच्चा दुधलाई पुर्णरुपमा रोक लगाउनुपर्ने, धुलो दुधमा लगाइएको भन्सारदरमा ३५ प्रतिशत बृद्धि गर्नुपर्ने लगायत १३ बुँदे माग सरकारसँग गरेको छ । यी माग सम्बोधन नभए आन्दोलनमा जाने संघले चेतावनी समेत दिएको छ ।  १९ लाख लिटर दुध दैनिक उतपादन हुने सरकारी आंकडा छ । तर सहकारी मार्फत भने दैखिन औसत ७ लाख लिटर मात्र  बजारमा जान्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप