शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अमेरिकन ब्वाइज’को ‘मेरो ध्यान नै तिमीमा’ गीतमा के छ ?

मङ्गलबार, ०८ जेठ २०७५, १८ : ३८
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं – चलचित्र अमेरिका ब्वाइजको दोस्रो गीत ‘मेरो ध्यान नै तिमीमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत जयन जे वाइवार स्वर संगीतकार वाइवा, रोशन थापा, सुरज शाही ठकुरी लगायत रहेका छन् । 

प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वेर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ । ‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको लगानी रहेको छ ।

समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी सह–निर्माताको रुपमा रहेका छन् । सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व रहेको चलचित्रमा लोक शुक्लाको छायाँकन र निमेष श्रेष्ठले सम्पादन गरेका छन् । 

चलचित्र १८ जेठबाट प्रदर्शनमा आउँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप