बालिका बलात्कार गरेको आरोपमा खत्री पक्राउ
मङ्गलबार, ०८ जेठ २०७५, १९ : २८
हेमराज ढकाल
भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । गत चैत १२ गते भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ५ बस्ने सुजन खत्री काब्या (बालिका, परिवर्तित नाम )लाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
खत्रीले आफ्नै घर कोठामा डर, त्रास दिई जबरजस्ती करणी गरेको भन्ने पीडितको परिवारको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट मंगलबार पक्राउ गरेको महानगरिय प्रहरी परिसर जानकारी दिएको छ ।
पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडी बढाईएको छ । थप अनुसन्धान कार्य भइरहेको भक्तपुरका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक शुसिल कुमार पाण्डले जानकारी दिएका छन् ।