शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरेको बयान :धेरै भयो, यो गोरे ! गोरे !! गोरे !!!

मङ्गलबार, ०८ जेठ २०७५, १९ : ३१
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं । ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेले पक्राउ दिनुअघि एक भिडियो सन्देश छाडेको भेटिएको छ । 

सामाजिक सञ्जालमा भेटिएको १२ मिनेट ४८ सेकेण्डको भिडियोमा गोरेले आफूलाई फसाउन खोजिएको र आफू निर्दोष भएको दाबी गरेका छन् । 

आफूहरुले सुनको काम गरेपनि सनम हत्याकाण्डमा आफूलाई मात्रै दोषी देखाइएको भन्दै गोरेले गुनासो गरेका छन् । 

हाल नेपाल आएको ३३ किलो सुन आफ्नो नभएको र यसमा भारतीय नागरिहरुको लगानी रहेको गोरेले बताएका छन् । 

सुन हराएपछि आफूलाई नि सुन खोज्न र नभए त्यसको पैसा तिर्न दबाब दिएको गोरेले भिडियोमार्फत बताएका छन् । 

गोरेले जारी गरेको भिडियो वक्तव्यको पूर्ण पाठ यस्तो छ । 

म चुडामणि उप्रेती

मेरो घर इटहरा ।

म जन्मेको इटहरा ।

मेरो घर उर्लाबारी, म हाल काठमाडौंमा बस्छु । 

आज जुन यो दुई तीन महिनादेखि सनम हत्याकाण्ड, ३३ किलो सुनकाण्डको चर्चा भइरहेको छ, यसमा सबै गोरे ! गोरे !! गोरे !!! भनेर जुन समाचार आइरहेको छ, यसमा म विल्कुलै निर्दोष छु ।

विगत अढाई वर्षदेखि मेरो सम्पूर्ण काम सनमले गथ्र्यो ।

जुनबेला सामान चोरी भयो, म कलकतामा थिए । मलाई थाहा थिएन, म पुगेको दिन सामान हरायो भन्ने मैले सुने । सुनिसकेपछि म आफ्नो काम सकाएर फर्किएँ । 

फर्केर खोजी कार्य भयो, एयरपोर्टका स्टाफहरुलाई बोलाएर सोधियो, खुवाइयो । यातना दिइएको थिएन, सोधीखोजी भयो । त्यसका प्रमाणहरु छन् मसँग पनि । 

खोज्दै जाँदा म पनि सायद भएको भए सनम मर्दैन थियो होला । म त्यस्तो हुन दिन्नथें । कुटपिट, झै–झगडा, खानपिन त भइरहन्थ्यो । ठाउँठाउँमा हामी जान्थ्यौं, एक अर्कामा सोधीखोजी हुन्थ्यो । 

लामो स्वास....
सनम मर्ने बेलामा उसलाई गाडीमाथि, गाडीमा राखेर उनीहरुलाई घरपरिवार हस्पिटलमा छाड्ने बेला थियो । 

त्यो हुन पाएन ।

अन्तिममा हामी वर थियौं, हामी त्यहाँ थिएनौं । अन्तिममा सनम म¥यो भन्ने खबर आयो । 

खबर आइसकेपछि हामी आत्तियौं । 

आत्तिसकेपछि अब सनमको घरपरिवारमा लास बुझाउनुपर्ने थियो, मेरो चिनजानको त्यहाँ कोही थिएन । पुलिस प्रशासन कोही पनि थिएन । मैले काठमाडौंबाट चिनेको एकजना मैले मामा भन्ने बालकृष्ण सञ्जेललाई बोलाएँ । 

त्यहाँ लेनदेनको कुरा के के आएको छ, त्यस्तो लेनदेनको कुरा केही भएको छैन । 

म निर्दोष छु, यसमा । कसैलाई मारेर मलाई खान आउँदैन । मेरो ब्याकग्राउण्ड राम्रै छ । मेरो क्रिमिनल केस कहिँ पनि छैन । 

म इण्डियन आर्मी हुँ । म पुलिस स्कुल नै पढेको मान्छे हुँ । मलाई आफ्नो साथीलाई मार्न आउँदैन ।  

लाष्टमा ३ जना थिए त्यहाँ । मल्ल, मने र सनम थिए ।

अब सुनको राज त्यहीँ हुनुपर्छ ।

सनमलाई मारिएको छ । सनम मरेर गयो । 

त्यो यातना मैले मात्रै दिएको होइन, त्यस्तो कुटपिट झै–झगडा भइरहन्थ्यो । खोजी कार्य गरेको हो मैले । 

एअरपोर्टका स्टाफहरुलाई पनि बोलाएर सोधीखोजी गरें मैले । 

कसैलाई मार्ने इन्टेन्सन थिएन ।

मारेर खान मलाई आउँदैन । 

उर्लाबारीबासी र सनमको घरपरिवार र सम्पूर्ण नेपाली दिदी, दाजुभाई बहिनीहरु म निर्दोष छु । 

गोरे ! गोरे !! गोरे !!! भनेर दुई अढाई महिना ३ महिना भइसक्यो । मेरो चर्चा धेरै भइसक्यो । 

मलाई आउन मन छ । मलाई पनि नेपालमा बस्न मन छ । मेरो पनि परिवार छ । 
मलाई डर भयो, हल्ला भयो सनम म¥यो भन्ने । दोषजति मलाई लगाइयो । म चुप लागेर बसे यत्रो दिन । 

पुलिस आइसकेपछि त्यस्तो लेनदेनको कुरा केही पनि छैन । 

उनीहरु के कारणले फसे वा फसाए, त्यो म भन्न सक्दिन । 

गृह मन्त्रालय, पुलिस प्रशासन, नेपाल, नेपाली जनता सबैलाई गोरे ! गोरे !! गोरे !!! भन्ने मै हुँ, सनम हत्यामा म छैन । 

यो जुन भिडियो सार्वजनिक भएको छ, त्यो एकदिन अगाडिको भिडियो हो । लाष्टमा तीनजना थिए, मने, मल्ल र सनम । सनम मारिएको छ त्यहाँ । दोषजति मलाई खन्याइएको छ ।  

उनीहरुको मलाई दबाब थियो । 

म त ... म त खोजी पनि नगरुम भन्ने थियो । 

पछि १ महिना ८ दिनपछाडि सनमको गल्तीहरु भेट्टाइयो । 

भेट्टाएपछि हामी ठाउँठाउँमा गयौं । 

खायौं, बस्यौं, हिँड्यौं । एकअर्कामा त्यस्तो भइरहन्थ्यो हामीबीच । घरी उनीहरुले हान्थे, घरी अरु केटाहरुले हान्थे । 

म निर्दोष छु । सनम मर्ने बेलामा ३ जना थिए । 

मल्ल, मने र सनम थिए । 

जुन सुन, त्यो मेरो पनि होइन, त्यो अर्कैको सुन हो । 

त्यो सुनको राज खोलिन्छ या अब भेट्टिियो वा त्यो उनीहरुसँगै छ । मने र मल्लसँग हुनुपर्छ राज । मसँग छैन ।

म पुसिललाई बोलाएर सनमको लास बुझाउने मान्छे हुँ । धरान पुगेपछि मलाई डर भयो, हल्ला हुन्छ भनेर । मलाई पनि मेरो ज्यानको माया छ । त्यही भएर म भागें ।
 
धेरै भयो, यो गोरे ! गोरे !! गोरे !!! भनेर ३३ किलो काण्ड । 

सम्पूर्ण दोष मलाई लगाइएको छ । यसमा म छैन । यसमा छिरिङ, भुजुङ भन्ने मान्छे छन् । उनीहरुको दबाब थियो ।

र, एउटा एमके भन्ने मान्छे छ र बाँकी इण्डियन मान्छेहरु छन् ।

जुन सामान आयो र निकाल्ने मान्छे पनि मर्छ, दोष मलाई नै लाउँछन्,  सनम मर्छ, मलाई नै लाउँछन् । अथवा त्यो ‘एक्सिडेण्टल डेथ’ हो । 

मने र मल्ल अन्तिममा थिए । मैले पुलिस बोलाएर सनमको लास जिम्मा लाउन खोजेको हो । त्यसपछि त्यहाँ के–के भयो । मलाई केही थाहा भएन, म त्यहाँबाट भागेर हिँडेको हुँ । 

म घर आउन चाहन्छु, म नेपाल आउन चाहन्छु, म सरेण्डर हुन चाहन्छु । मसँग पनि छ सब प्रमाणहरु । 

कसैलाई मारेर खान मलाई आउँदैन । कसैलाई भनु, ज्यान मारेर पैसाले के नै हुन्छ र । कसैको ज्यान मारेर खाने म होइन ।

म १० वर्ष पुलिस बोर्डिङ पढेको हुँ । मलाई त्यहाँनेर सिकाएनन्, मान्छे मारेर खान । म आर्मी हुँ । आर्मीमा सिकिँदैन मारेर खान । 

म यदि गल्ती भए, मैले मारेको भन्छन् भने मलाई झुण्डाएर मार्नु, मलाई अदालतमै मार्नु, उर्लाबारी लगेरै मार्नु । 

मेरो गल्ती छैन् । लाष्टमा ३ जना थिए । 

हामी वर थियौं, एक्कासी म¥यो भन्ने खबर आउँछ । खबर आइसकेपछि लास व्यवस्थापन गर्न मैले पुलिस प्रशासन बोलाएको हो । त्यसपछि मलाई के–के भयो केही पनि थाहा छैन । 

त्यसपछि अहिलेसम्म ३३ किलो काण्डमा सबै मेरो परिवार, म मेरा मामा सबैलाई मुछिएको छ, यस्तो नहोस् । म सरेण्डर गर्न चाहन्छु । म निर्दोष छु । 

मलाई पनि दबाब थियो, खोजेर लेराइज होइन भने पैसा तिर भन्ने । त्यत्रो पैसा कहाँबाट लेराउने मसँग छैन । 

सनमले २ अढाई वर्षदेखि हिसाबकिताब उही हेर्ने उही राख्ने गर्दथ्यो । अगाडिको ३३ किलो काण्डदेखि, जुन त्यो मेरो होइन, त्यसमा पनि मलाई मुछिएको छ । त्यो अर्कैको हो । मलाई फसाइएको छ । म फसेको छु । 

म, मेरो परिवार, हामी सबै बाँडेर, बाँडीचुँडी खाने मान्छे हो । कसैलाई मारेर मलाई खान आउँदैन । म निर्दोष छु । मेरो जीवनको पनि रक्षा होस् ।

यत्रो धेरै ईस्यु भएको छ, किनकी त्यहाँ मने भन्ने मान्छे छ, मल्ल भन्ने मान्छे छ । उनीहरुले त्यहाँ फोटो खिचेका छन्, भिडियो राखेका छन् । 

मलाई मात्रै देखाइएको छ, फसाइएको छ । यस्तो नहोस् । 

र, मेरो गल्ती छ भने मलाई मार्नु, मलाई ढुङ्गाले हान्नु, उर्लाबारीबासीले, कानुनले, पुलिस प्रशासनले, सबैले । मलाई मारेर खान आउँदैन ।
 
जुन भिडियो देखाइएको छ, त्यो एकदिन अगाडिको भिडियो हो, त्यसमा पनि मलाई मात्रै देखाइएको छ ।

यही हो..., ३३ किलो काण्डको दोषी म होइन । म निर्दोष छु, मलाई फसाइएको छ । मलाई दबाब छ । 

म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु । सुरक्षा हुने ठाउँमा म सरेण्डर खोजिरहेको छु । कसैलाई मारेर खान मलाई आउँदैन । 

यति भन्दै मेरो दुई शब्द यहाँ राख्न चाहन्छु । 

अन्य समाचार

३३ किलो सुनकाण्डमा गोरेको भिडियो वक्तव्य : ‘म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु’

जसलाई खोजेको थियो देशले, भेटिए यहाँ (फोटो)

गोरेलाई विराटनगर पुर्याइएलगत्तै एसएसपीसहित २८ जनालाई थुनामा राख्न आदेश

सुन तस्कर ‘गोरे’ को हुलियाः रातो क्याप, कालो मास्क र हल्का दाह्री !

३३ केजी सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक (तस्बिरसहित)

साढे ३३ किलो सुनकाण्डका नाइके गोरे पक्राउ

यस्तो घरमा बस्थे सुन तस्करका नाईके ‘गोरे’

सुन तस्कर ‘गोरे’ भन्थे– ‘एसएसपी खत्रीलाई १ करोड दिन बाँकी छ’

कसले लुट्यो तस्करीको ३३ केजी सुन ? : लुटेरा ग्याङसँग सई सा’पको दरबारमार्गमा मिटिङ !

एउटा यस्तो बयान, जसले ३३ किलो सुन तस्करीको पर्दा खोल्छ (बयानको पूर्णपाठ)

३३ किलो सुन तस्करी : प्रहरी अधिकारी विकाशराज खनालको वयानको पूर्णपाठ

प्रहरी र सुन तस्करबीच  ‘दुई करोड’ बार्गेनिङ,  ‘गोरे’ लाई प्रहरीले नै भगाएको आरोप !

सुन तस्करी–हत्या अभियोगका ६ आरोपितको बयान सकियो

प्रहरीकै गाडीबाट ‘दाह्रीवाला’ सम्म पुग्थ्यो तस्करीको सुन

साढे ३३ किलो सुनकाण्डः प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

साढे ३३ किलो सुनकाण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

पुलिसको बर्दीमा ‘गोल्डेन’ दाग : सुन तस्करीमा सईदेखि एसएसपीसम्मको यस्तो ‘कनेक्सन’

तस्करीको सुनमा फाइदैफाइदा, यसकारण बढिरहेछ तस्करी !

सुन तस्करीको नयाँ तरिका : विमानस्थलमा समातियो २ किलो सुनको झोल !

रत्नराज्य स्कूल अगाडिबाट हराएको थियो ३३ केजी सुनको पोको, पूर्व डिआईजी पनि अनुसन्धान घेरामा

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप