शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक

मङ्गलबार, ०८ जेठ २०७५, १९ : ४६
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं । सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा फहराएको छ । ग्लोबल की टेक्नोलोजी प्रालिले समय र पैसाको बचत संगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य सहित सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा आएको छ । ‘नेपाली एप्स हामी नेपाली हरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा पनि आएको हो ।  रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले सगरमाथा शिखरमा फहराएका थिए । 

मगर आइतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाण्डौं फर्किएका छन् । उनलाई रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडर तथा प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरे । नेपालमा ब्राण्डेड अनलाइन शपिंग हबमा बलियो उपस्थिती जनाउने लक्ष्य सहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो । यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याक पाउनका लागि एप्पलको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी खाता खोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैंया क्यास व्याक पनि पाउने छन् । 

ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले ५ वर्षको रिसर्च पछि तयार पारिएको रिचार्जरको नेपालमा अरु विकल्प छैन भन्ने सन्देश दिनका लागि काम गरेको बताए । जतिको रिचार्ज त्यति नै क्यास ब्याक दिने पहिलो नेपाली एप्स रिचार्जरमा ब्राण्डेड सामान मात्र उपलब्ध हुने टेक्नोलोजीले जनाएको छ  । रिचार्जरबाट मुभी टिकेट, एयर टिकेट, बस टिकट पाउनुका साथै विभिन्न किसिमका महसुल बारकोड बाट भुक्तान गर्न सकिन्छ । ३ बर्ष भित्र नेपालको आन्तरिक व्यापारको २५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको रिचार्जरले डेढ प्रतिशतको मार्जिनमा सेवा उपलब्ध गराउने जनाएको छ । अहिले परीक्षणका रुपमा सेवा प्रदान गरिरहेको रिचार्जरले आगामी ६ महिना भित्र १ हजार ब्राण्ड इन्टिग्रेट भैसक्ने दावी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप