बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाको सुन्द्रावतीमा आगलागी हुँदा ३ जना घाइते, २ जनाको अवस्था गम्भीर

मङ्गलबार, ०८ जेठ २०७५, २० : २९
मङ्गलबार, ०८ जेठ २०७५

दोलखा– जिल्लास्थित कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । सुन्द्रावतीस्थित शंकर पकुवालको घरमा आगलागि हुँदा पकुवालसहित उनकी श्रीमती र छोरी घाईते भएका हुन् ।

घाईतेमध्ये ३६ वर्षीय शंकर पकुवाल चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पछि घर फर्किसकेका छन् । 

उनकी श्रीमती ३२ वर्षीया गोपिनी पकुवाल र छोरी १० वर्षीय सिता पकुवालको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

पकुवालको घरमा गएराति ११ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । रातिको समयमा मानिसहरु घरमा सुतिरहेका बेला आगलागि भएकाले ठुलो क्षति भएको हो । आगलागिबाट घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप