बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दरबारमार्गस्थित रोयल क्यासिनोमा छापा, दुई पक्राउ

मङ्गलबार, ०८ जेठ २०७५, २० : ४५
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौँ । महानगरीय अपराध महाशाखाले क्यासिनोमा जुवा खेल्ने र खेलाउने दुई जनालाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

गैरकानूनी रुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको सातवटा क्यासिनोमा छापा मार्दा दुई जनालाई पक्राउ गरेको हो । 

उनीहरुलाई जुवा ऐनअनुसार कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप