शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीमा अनुवाद चाल्र्स डार्विनको किताब बजारमा

मङ्गलबार, ०८ जेठ २०७५, २१ : ०८
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौँ । वैज्ञानिक चाल्र्स डार्विनको चर्चित पुस्तक ‘ओरिजिन अफ् स्पेसिस’को नेपाली अनुवाद बजारमा आएको छ । ‘जातिहरुको उत्पत्ति’ नाममा उक्त पुस्तकको नेपाली अनुवाद गरिएको हो । 

उक्त पुस्तक जीवहरुको उत्पत्तिबारे विकासवादी सिद्धान्तको प्रतिपादन गर्ने पुस्तकको रुपमा सर्वपरिचित छ । चाल्र्स डार्विनले आफ्नो लामो समयको अनुसन्धानपछि उक्त पुस्तक प्रकाशनमा ल्याएका थिए । सन् १८५९ मा पहिलोपटक प्रकाशित उक्त पुस्तकले तत्कालीन समयमा निकै खलबली मच्चाएको थियो । 

जीवहरुको उत्पत्ति दैवी शक्तिबाट नभई प्राकृतिक प्रक्रियाको रुपमा भएको हो भन्ने सिद्धान्तले तत्कालीन धर्मभिरु समाजमा सास्ती खेप्नुपरेको थियो ।

डार्विनले पुस्तकमा भनेका छन्– ‘प्राकृतिक छनौटले बच्चाहरुको संरचनामा, प्रौढहरुको संरचनानुसार रुपान्तरण गर्दछ र प्रौढहरुको संरचनामा बच्चाहरुको संरचनानुसार । सामाजिक जन्तुहरुमा यसले प्रत्येक सदस्यको आकारलाई सम्पूर्ण समाजको हितमा अनुकूलित गर्दछ – यदि समाजलाई त्यो छानिएको परिवर्तनबाट लाभ हुन्छ भने । प्राकृतिक छनौटले एउटा काम गर्न सक्दैन, त्यो यो हो कि त्यसले कुनै एउटा जातिको संरचनामा त्यसको आप्mनो कुनै सुविधाबिना तथा अन्य जातिहरुको लाभको लागि रुपान्तरण गर्न सक्दैन ।’ 

पुस्तक नेपालीमा अनुवाद रमेश सुनुवार र नारायण गिरीले गरेका छन् । ‘वैज्ञानिक चिन्तनमा नयाँ धारको सुरुवात गर्ने पुस्तक नेपाली वाङ्मयमा नभएकाले उक्त पुस्तकको अनुवाद गराई प्रकाशन गरिएको हो’, इन्डिगो इन्कका अध्यक्ष विष्णुकुमार भन्छन् । 

उक्त पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप