शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पैसा नपाएपछि किसानले लगाए उद्योगमा ताला

बुधबार, ०९ जेठ २०७५, ०७ : २५
बुधबार, ०९ जेठ २०७५

महोत्तरी - महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्टस्ट्रिज लिमिटेड रामनगरमा तीन दिनदेखि ताला लागेको छ । 

किसानले उधारो उखुको पैसा भुक्तानी नदिएको भन्दै उद्योगमा ताला लगाएका हुन् । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

ताला खुलाउन मिल प्रशासनले अहिलेसम्म कुनै चासो नदिएको र छलफल गर्नुको साटो सम्पर्कबाहिर बस्न थालेको आन्दोलनरत किसानको आरोप छ । 

चीनी मिलमा आ आफ्नो उखु बिक्री गरी महिनौंदेखि भुक्तानी पर्खिरहेका महोत्तरी, धनुषा, सर्लाही र रौतहट जिल्लाका २५ हजारभन्दा बढी उखु किसानले मिल प्रशासनले भुक्तानीमा चासो नदिएको भन्दै ताला लगाएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप