बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय दूतावासका कर्मचारीले यतिसम्म गरे, भानुभक्तको कविता आफ्नो नाममा छपाए

बुधबार, ०९ जेठ २०७५, १४ : ०३
बुधबार, ०९ जेठ २०७५

काठमाडौं –नेपाल–भारत पुस्तकालयका अध्यक्ष महेशचन्द्र शर्माले आदिकवि भानुभक्त आचार्यको कविता आफ्नो नाममा छपाएको फेला परेको छ ।

भानुभक्त आचार्यले लेखको ‘कान्तिपुर नगरी’ शीर्षकको कवितालाई महेशचन्द्र शर्माले हिन्दीमा अनुवाद गरी आलोचना साप्ताहिकमा प्रकाशन गराएका छन् ।

यसरी प्रकाशन गराएपछि श्रीराजर्षि वाङ्मय प्रतिष्ठान नेपालले आपत्ति जनाएको छ ।

प्रतिष्ठानले हिजो एक विज्ञप्ति जारी गरी यस्तो कार्यले नेपाल र भारतको साहित्य जगतमा गलत उदाहरणको छाप मात्र छोड्ने नभई नेपाल र भारतबीचको सम्बन्धमा पनि नकारात्मक प्रभाव पार्ने भन्दै भूल सुधार गरी साहित्य जगतसँग माफी माग्न आग्रह गरेको छ ।

महेशचन्द्र शर्मा भारतीय हुन् ।

उनले भानुभक्त आचार्यको कविता मात्र होइन, अन्य अन्य कविको पनि कविता आफ्नो नामबाट छपाउने गरेका छन् ।

उनको यो रवैयाबाट भारतीय दूतावास पनि आजित भइसकेको छ ।

दूतावासले यसअघि विभिन्न कार्यक्रमहरू सो पुस्ताकालयमा गर्ने गथ्र्यो । तर, शर्माको नराम्रो क्रियाकलापका कारण त्यहाँ कार्यक्रमहरू पनि हुन छाडेका छन् ।

दूतावासको नजरमा उनी बदनाम व्यक्ति हुन् ।

एक डेढ वर्षपछि उनी अवकाश हुँदैछन् ।

त्यसैले उनी जथाभावी गरिरहेको दूतावास स्रोतले जनाएको छ ।

यसरी भानुभक्त आचार्यको कविता आफ्नो नाममा छपाउन मिल्छ भनी जिज्ञासा राख्दा उनले पत्रिकाको गल्तीका कारण यस्तो भएको दाबी गरे ।

आफूले यो कविता सो पत्रिकालाई नदिएको पनि दाबी गरे ।

अरू कसैमार्फत पत्रिकामा छापिएको उनको दाबी छ ।

उनले भानुभक्त आचार्यको कविता कान्तिपुर नगरीको अनुवाद लेखेर आफूले दिएको तर पत्रिकाले त्यसलाई नराखेको दाबी गरे ।

पत्रिकाले कवितामा आफ्नो फोटो र परिचय नछापेको उनले गुनासो गरे ।

यो कवितालाई लिएर भानुभक्तका पारिवारिक सदस्य जयराम आचार्यलाई पनि भेट्ने उनले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप