शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आउँदै बलिउड निर्देशक सुभाष घई

बुधबार, ०९ जेठ २०७५, १४ : ०८
बुधबार, ०९ जेठ २०७५

काठमाडौं– बलिउडका चर्चित फिल्म निर्देशक सुभास घई नेपाल आउने भएका छन् । उनी आगामी जेठ २० गते काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने एक चलचित्र सम्बन्धी सेमिनारका लागि नेपाल आउन लागेका हुन् । १९९१ मा घइकै चलचित्र ‘सौदागर’बाट मनिषा कोइरालाले बलिउड डेब्यु गरेकी थिइन् ।

निर्माण,वितरण र प्रदर्शनसँगै फिल्म एजुकेसनलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै काठमाडौमा कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उडईन्टरनेस्नले यो सेमिनार आयोजना गर्न लागेको हो । 

सेमिनार मिडीया नलेज, मोवाईल फिल्म मेकिङ्ग, स्कृप्ट राईटिङ्ग र फेसन डिजाइनमा केन्द्रीत हुने आयोजकले बताएको छ ।  बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त वर्कशपले नेपाली फिल्म, फेसन र मिडीयालाई अझ बढी विस्तारित र शिक्षित बनाउने विश्वास आयोजक कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप