बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तिम समयमा सारियो ‘ब्ल्याक’

बुधबार, ०९ जेठ २०७५, १४ : १४
बुधबार, ०९ जेठ २०७५

काठमाडौं – फिल्म ‘ब्ल्याक’को रिलिज मिति सरेको छ । ११ जेठबाट प्रदर्शनमा आउने यो फिल्म अहिले १ भदौमा पुगेको छ । केही प्राविधिक समस्याका कारण फिल्म सारिएको निर्माण युनिटको भनाई रहेको छ ।
प्रदीप श्रेष्ठको निर्देशन रहेको फिलम प्रेमकथाको बिषयमा निर्माण भएको हो ।

आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा आँचल शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । अघिल्लो पुस्ताका चलेका केही अनुहार सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल समेतको चलचित्रमा मुख्य भूमिका रहेको छ । 

फिल्म मौनता श्रेष्ठको कथा, रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्ध रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले बितरण जिम्मा लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप