मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

साँगा–जगाती सडकखण्डमा टिपरले ठक्कर दिँदा ३ जनाको मृत्यु

बुधबार, ०९ जेठ २०७५, १६ : ३३
बुधबार, ०९ जेठ २०७५

भक्तपुर–भक्तपुरको अरनिको राजर्मागको साँगा जगाती सडक खण्ड अन्र्तगत पलाँसेमा टिपरले स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ । 

काभ्रेबाट काठमाडौंतर्फ आइरहेको बा ३ ख ६६७४ नम्बरको टिपरले सोही दिशामा आइरहेको बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

मृत्यु हुनेमा भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका १ लोकन्थली बस्ने बर्ष ५० का हरिबहादुर कटुवाल, दोलखा मेलुङ्ग घर भई हाल मध्यपुर थिमी १ बस्ने बर्ष ४२ का सविता घिमिरे र सविताकै छोरा बर्ष १३ का अरबिन घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपरका चालक फरार भएको र टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरी वृत्त जगातीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप