मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेपालका दृष्य सहितको कोकोकोलाको विश्वकप ग्लोवल टीभीसी सार्वजनिक

बुधबार, ०९ जेठ २०७५, १४ : ३७
बुधबार, ०९ जेठ २०७५

काठमाडौं । कोकाकोलाले हालै सार्वजनिक गरेको नयाँ विज्ञापनमा नेपालका केही लोकप्रिय स्थानका दृष्यहरु समावेश गरेको छ । कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोवल टीभीसीमा नेपालका दृष्य पनि समावेश गरेको हो । यस टीभीसीमा सबै मानिसहरु खेल हेर्नलाई उत्शुक भएको देखिाइएको छ । 

टीभीसीमा विश्वका बिभिन्न लोकप्रिय स्थानहरु देखाइएको छ, जसमा नेपालको स्वम्भुनाथ स्तुपा, काठमाडौको एक डिपार्टमेन्ट स्टोर, सितापाईला नजिकको स्थान र एक हाउजिङ कम्प्लेक्स नजिकैको झुलुङ्गे पुलसमेत देख्न सकिन्छ । कोकाकोलाको विश्वब्यापी टीभीसीमा नेपाल एक अभिन्न अंगको रुपमा रहेको छ । 

टीभीसीको साउन्ड ट्राक (आर यु रेडी) विश्वकै चर्चित ब्यान्ड एसी डिसिको सन् १९९०को निकै चर्चित एल्बम ‘दी रोर्जस एज’ बाट लिइएको हो । यस टिभिसिको सुरुवातमा एउटा टेलिभिजन देखाइएको छ जसमा विश्वकप फुटवलको खेल सुरुवाति क्षण देख्न सकिन्छ । टीभीसीमा युवाहरु खेल हेर्न निकै कउतुहल भएको देख्न सकिन्छ । उक्त टीभीसीमा विश्वका धेरै मुलुकका युवाहरु कोकाकोला लिनकालागि दौडिरहेका छन् । जसमा दुई नेपालीलाई पनि देख्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप