मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अर्थमन्त्रीको धन : ६३ हजार डलर, ८७ लाख रुपैयाँ खातामा, बैंकभन्दा सहकारीमा धेरै !

बुधबार, ०९ जेठ २०७५, १४ : ३८
बुधबार, ०९ जेठ २०७५

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आफ्नो सम्पत्ति विवरण सरकारले सार्वजनिक गरेको छ ।

सो विवरणमा अर्थमन्त्री खतिवडालेले आफूसँग विभिन्न नगद र बैंकमा गरी करिब ८७ लाख रुपैयाँ रहेको र विभिन्न मितिमा अरुलाई २४ लाख ऋण दिएको विवरण उल्लेख गरेका छन् ।

झापा गौराहद वडा नम्बर ९ को स्थायी वासिन्दा रहेका खतिवडा हाल काठमाडौको धुम्बाराहीमा बसोबास गर्दै आइरहेका छन् ।

गृहमन्त्रीको सम्पत्ति : दुईवटा कुकुरदेखि पार्टनरसीपमा रेस्टुरेन्टसम्म

अचल सम्पत्तिमा आफ्नो नाममा काठमाडौँ वडानम्बर ४ मा रहेको ५ आनामा बनेको घर र सोही स्थानमा कमला खतिवडाको नाममा १४ आनामा स्वनिर्माण गरेको घर रहेको बताएका छन् ।

जग्गामा खतिवाडासँग आफ्नो र कमला खतिवडाको नाममा झापा, दोलखा, भक्तपुर र काठमाडौँमा जग्गा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको सम्पत्तिः बैंकमा ४२ लाख नगद,  घरजग्गा श्रीमतीको नाममा (विवरणसहित)

उनले ती जग्गाहरु १ करोड ४९ लाख मूल्यमा खरिद गरेको बताएका छन् ।

त्यस्तै, सुनाको गहनामा सन् २०३० यता १० तोला, १ किलो चाँदी रहेको र बैंक खाताबाट झिकेको डेढ लाख नगल रहेको उल्लेख गरेका छन् ।

यता, विभिन्न बैंकमा रहेको खातामा डलर र नेपाली रुपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।

गोकर्ण विष्टको सम्पत्ति कति ? यस्तो छ सम्पत्ति विवरण

जसमा नबिल बैंकमा १० हजार ७ सय ३ डलर र सानिमा बैंकमा ५२ हजार डलर रहेको उनले विवरणमा उल्लेख गरेका छन् ।  नबिल बैंकमा १.४९ लाख रुपैयाँ, माछापुच्छ्र्रेमा २.६९ लाख, इन्भेस्टमेन्टमा २.१३ लाख, साबल सहकारी संस्थामा २४.५४ लाख र कमला खतिवडाको नाममा ३.६६ लाख, सानिमा बैंकमा ३७ लाख,  नवदुर्गा सहकारी संस्था १७ लाख, जनता बैंकमा ५० हजार, एभरेस्ट बैंकमा ५७ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, साबल सहकारी र दुर्गाभवानी सहकारीमा उनको क्रमशः पाँच हजार र ५० कित्ता शेयर रहेको उल्लेख गरेका छन् ।

उनले विभिन्न समयमा पाँच जनालाई २४ लाख बराबरको ऋण दिएको उल्लेख गरेका छन् ।

प्रचण्ड परिवारको सम्पत्ति कति ? मन्त्री बीना मगरले सार्वजनिक गरिन् यस्तो विवरण

सवारीमा आफूसँग ३ लाख ६० हजारको मोटरकार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मोबाइलका नाममा उनीसँग ६५ हजार र ८५ हजार पर्ने दुईवटा मोबाइल रहेका छन् भने निजी बचतबाट किनेतको ८० हजारको रंगीन टेलिभिजन रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप