मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला शिक्षा कार्यालय तनहुँले समयमा चासो दिएन : काजमा आएका शिक्षक पुनः विद्यालय गएनन्

मङ्गलबार, २७ असार २०७४, १० : ०१
मङ्गलबार, २७ असार २०७४

-किरण श्रेष्ठ 
तनहुँ  गत वर्षको साउन २२ गते व्यास नगरपालिका स्थित शिव माविमा काजमा आएका अरनिको माविका शिक्षक रमेशबाबु भट्टराई आफ्नो गल्ती सच्चाउनुको अलवा पानी माथिको ओभानु बन्न खोजिरहेका छन् । 

शिक्षक भट्टराईले विद्यालय व्यवस्थापन समितिलाई राजनीतिक प्रतिशोधका कारण व्यक्तिगत पुर्वआग्रह राखी एक किसिमको कार्य गरिएको भन्न समेत पछि परेका छैनन् ।  

उक्त विद्यालयले पाँच महिनाको काज सकिए पछि गत पौष २२ गते पुन सोही विद्यालयमा काज फिर्ता गरी हाजिर हुन पठाइएको थियो । 

जिशिका तनहूँले समेत साविकको पदमा काज फिर्ता पठाएपछि पनि शिक्षक भट्टराई विद्यालयमा हाजिर हुन नजानुले पनि शिक्षक भट्टराईको चरम लापरवाही देखिएको छ ।  

जिशिका तनहूँको चंनं १७४५ मिति ०७३ फागुन १२ गते निज शिक्षक विद्यालयमा हाजिर भए नभएको जानकारीका साथ विद्यालय व्यवस्थापन समितिलाई ७ दिने पत्रचार भएको देखिन्छ ।
  
विद्यार्थीको शैक्षिक अधिकार माथि धोका भयो : विव्यस अध्यक्ष
अरनिको माविद्धारा प्रेस विज्ञप्ती जारी गदै शिक्षक रमेशबाबु भट्ट्राइले छ महिना सम्म विद्यार्थीको शैक्षिक अधिकार माथि धोका दिएको जनाएको छ । 
विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार शाह, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुसिंह गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँद्धारा संयुक्त जारी विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । उक्त अरनिको माविमा तृतीय श्रेणीको निमावि अंग्रेजी विषयको शिक्षक  भट्टराईलाई जिशिका तनहूँले ०७३ साउन २२ गते देखि व्यासनपा स्थित शिव मावि दुम्सीमा काजमा खटाएको थियो । 

राजनीतिकको फोहोरी खेल बनाउन खोजियो : शिक्षक भट्टराई      
उक्त विद्यालयका शिक्षक रमेश बावु भट्टराईले आफु प्रति पूर्वाग्रही, निराधार र कपोकल्पीत र निन्दनीय कार्य भएको बताएका छन् । शिक्षक भट्टराईले प्रेस विज्ञप्ती मार्फत सो कुराको जानकारी गराएका हुन् ।
उक्त विद्यालयले काज फिर्ताको पत्र आफु अस्वस्थ्य भएको अवस्थामा तीन महिना पछि प्राप्त भएको र स्वास्थ्य अनुकुल भएपछि वैशाख १४ र १५ लगातार विद्यालय उपस्थित हुदाँ विद्यालय व्यवस्थापन समितिले चुनावी बाताबरण बिग्रन सक्छ भनि राजनीति प्रतिशोध राखी हाजिर नगराएको एक विज्ञप्ती मार्फत जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप