नीति तथा कार्यक्रम तथ्यहीन : संग्रौला
काठमाडौं– कांग्रेस सांसद डा डिला संग्रौलाले सरकारले ल्याएको २०७५– ७६ को नीति तथा कार्यक्रममा केहि सवलपक्ष देखियतापनि देशको परिस्थिती र चुनौतीहरुलाई सामाना गर्नेबारे अन्योल रहेको बताइकी छिन् ।
आज संसदमा बोल्दै उनले भनिन्
–नीति तथा कार्यक्रम परम्पराको निरन्तरता नै देखिन्छ । किनभने यसले समाजवाद उन्मुख नेपालको सपनालाई साकार पार्न सक्दैन ।
–न त यो नीति तथा कार्यक्रमले तजनताको समृद्धिको चाहानालाई सम्वोधन गर्छ । न त लोकतान्त्रिक मुल्य पद्धतिमा आधिरित विकेन्द्रीत शासन प्रणालीलाइ मजबुत बनाउछ । तसर्थ आजको विशिष्ट परिस्थितीमा समाजवाद स्थापनाका लागि यो नीति तथा कार्यक्रम पर्यप्त छैन ।
–लोकतन्त्रको स्थागत विकास, शक्तिपृथकीकरणको सिद्धान्तमा आधारित विश्वव्यापी मान्यतालाई सरकारको नीति तथा कार्यक्रमले सम्वोधन गरेको छैन ।
–राष्टपतिको अभिभाषणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका अध्यक्षलाई मर्यादित भाषा प्रयोग नगरिन’ संसदको गरिमालाई अवमुल्यन गर्न खोजिएको छ ।
–सरकारले विकेन्द्रीत शासन प्रणालीको मर्म अनुसार संविधानले व्यवस्था गरेको प्रदेश सरकार र स्थानीय सरकारको अधिकारलाई कानुनमार्फत कार्यान्वयन गर्ने विषयलाई गम्भीरतापूर्वक लिएको देखिदैन ।
–सरकारले १ वर्ष भित्रमा आर्थिक वृद्धिदरलाई दोहोर अंकमा पुर्याउने लक्ष लिएको छ । त्यो आधार तथ्यसँग मेल खाँदैन ।
–शिक्षा र स्वस्थ्य जस्ता जनताका प्रत्यक्ष सरोकार राख्ने विषय सरकारको नीति तथा कार्यक्रम स्पष्ट छैन् । किनभने नेपालको प्रइभेट र सरकारी शिक्षा प्रणालीको विभेदलाई कसरी अन्त्यगर्ने भन्ने विषयमा स्पष्ट नीति देखिदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन