बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा बर्ड फ्लुको त्रास

शुक्रबार, ११ जेठ २०७५, ०६ : ३०
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं - राजधानीमा नै बर्ड फ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ । राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ वटा पोल्ट्री फार्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए ।

बर्ड फ्लु देखिएपछि राजधानीमा सतर्कता अपनाइएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

राजधानीबाहिरबाट काठमाडौं भित्रिने र राजधानीका वरिपरि पालिएका फार्मबाट हाँस नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप