सांसदले कुटे प्रशासकीय अधिकृत
शुक्रबार, ११ जेठ २०७५, ०७ : १३
सर्लाही - सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार राति मलंगवामा प्रदेश सांसदले दुव्र्यवहार गरेका छन् ।
लेखा सहायकको कामसमेत गर्दै आएका वडा नं. १ का सचिव राजेन्द्र ठाकुर र स्थानीय राजनीतिकर्मीसँग जिविस चोकस्थित एक होटलमा बसिरहेका श्रीवास्तवलाई दलबलसहित पुगेका प्रदेश सांसद् सञ्जयकुमार यादवले कुटपिट गरेका हुन् ।
यादवले वडा सचिवको झोलामा रहेका कागजातसमेत नियन्त्रणमा लिएका छन् । आजको कान्तिपुरको पृष्ठ १४ मा यो समाचार छापिएको छ ।
उनले साताअघि नगरपालिकाको कार्यालयमै गएर श्रीवास्तवलाई कोठामा थुनी केही योजनामा जबर्जस्ती सम्झौता र कार्यदेशमा हस्ताक्षर गर्न लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी