शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुजरात क्याबिनेटको यस्तो निर्णय : इन्द्रदेव र वरुणलाई खुसी बनाउन ४१ वटा यज्ञ गर्ने

शुक्रबार, ११ जेठ २०७५, ०९ : ०२
शुक्रबार, ११ जेठ २०७५

एजेन्सी–गुजरातमा आजकल पानी संकट छ ।

राज्यको जल–स्रोत सुकिरहेको छ । 

तर, राज्य सरकार यो समस्यालाई सुल्झाउनको लागि आवश्यक प्रयत्न गर्नुको साटो भगवानको भरोसामा भर परेको छ । 

पानी संकटसँग जुध्नको लागि बसेको क्याबिनेटको बैठकले यज्ञ गर्ने निर्णय भएको छ ।

रिपोर्टहरुको अनुसार ३१ मेदेखि ३३ जिल्लामा ४१ पर्जन्य यज्ञ गरिनेछ । यसको अतिरिक्त ८ प्रमुख सहरहरुमा वर्षाको देवता इन्द्रदेव र पानी देवता वरुणलाई खुसी बनाउनको लागि यज्ञ आयोजना हुनेछ ।

यो यज्ञबाट गुजरात सरकारले एक महिनादेखि चलाइरहेको ‘सुजलाम सुफलाम जल अभियान’ लाई समापन गर्नेछ । यो अभियान अन्तर्गत सिल्ट हटाएर नदी, ताल, पोखरी, नहर र अन्य जल स्रोहरुलाई आउने मनसुनको लागि तयारी गर्नको लागि गहिरो बनाउने काममा जोड दिइएको थियो ।

यज्ञ गर्ने निर्णय बुधबारको क्याबिनेट बैठकले लिएको थियो ।

उपमुख्यमन्त्री नितिन पटेलले भने ‘सरकारले राम्रो वर्षाको लागि ३१ मेमा यज्ञ आयोजना गर्ने निणर्य लिएको छ । यो यज्ञ पुरै गुजरातमा ४१ स्थानमा हुनेछ र यज्ञ समाप्त भएपछि प्रसाद वितरण गरिनेछ । म र मुख्यमन्त्री विजय रुपाणी, राज्यका मन्त्रीहरु र वरिष्ठ अधिकारीहरु पनि यज्ञहरुमा सहभागी हुनेछौं । यज्ञपछि जनसभा हुनेछ ।’

गुजरात केहीे समयदेखि गर्मीको कारणले पानी संकटसँग जुधिरहेको छ । राज्यमा रहेका २०४ वटा बाधहरुमा आफ्नो क्षमता २५ अर्ब २२ करोड ७० लाख क्यूबिक मिटरको केबल २९% मात्र पानी बचेको छ । 

सन् २०१९ को लोकसभाको चुनाव नजिक आउदै गर्दा भाजपाबाट मुख्यमन्त्री भएका रुपाणी सरकारलाई पानी अभावकै कारण फैलिएको असन्तोषले परिणाममा असर पर्ने हो कि भन्ने डर बढेको देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप