शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अतितलाई सम्झेर रोइन् सन्नी लियोनः भन्छिन्, ‘फर्केर आउँदैनन् पुराना दिन’

शुक्रबार, ११ जेठ २०७५, ०९ : ११
शुक्रबार, ११ जेठ २०७५

पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेकी सन्नी लियोनले आफ्नो बिहिबार इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर अतितलाई सम्झेर रोएको भनी क्याप्सन लेखेकी छिन् ।

सन्नीले लेखेकी छिन्, ‘आज राती मेरो मन हजार पटक टुट्यो । सायद आज राती बगाएको हज्जारौं आँसु एकपटक पुनः तड्पिन, याद गर्न, खेद जताउन चाहन्छ र आफूलाई एक पटक पुनः आफैंको नजिक राख्न चाहन्छ । फर्केर आउँदैनन् पुरना दिन तर मनमा भने सधैं रहि रहनेछ । मैले जुन बाटो रोजें त्यसका लागि करणजीतकौर दोषी छ ।’

स्मरण रहोस्, करणजीत कौर सन्नी लियोनको वास्तविक नाम हो । पोर्न इन्डष्ट्रिमा प्रवेश गर्नुअघि उनलाई यही नामले चिनिन्थ्यो ।

यद्यपी, सन्नी लियोनको उक्त मेसेज कसको लागि थियो भन्ने स्पष्ट छैन । तर पोष्टमा आएको कमेन्टले उनलाई आफ्नो आमाबुवा गुमाएकोमा पछुतो भएको संकेत गर्छ । सन्नीले आफ्नो डकुमेन्ट्री ‘मोस्टली सन्नी’ मा बताएकी छिन्, ‘जब मैले एडल्ट म्यागजिन पेन्टहाउसका लागि पहिलो पटक पोज दिएँ तब मेरो आमाबुवा जीवित हुनुहुन्थ्यो । उहाँहरुलाई यसबारे थाहा थिएन किनभने घर वरिपरिको सबै पसलबाट त्यो म्यागजिन किन्दथें ।’

यतिमात्र होइन, आमाको मृत्युका लागि सन्नी आफूलाई जिम्मेवार ठान्छिन् ।  उनले आफ्नो डकुमेन्ट्रीमा यसको कारण बताउँदै भनिन्, ‘मैले आमालाई आफ्नो आँखा अगाडि मरेको देखें । मैले उहाँलाई मर्फिनको अन्तिम डोज दिएको थिएँ त्यसपछि उहाँ सुत्न जानुभयो । कहिलेकाँही म सोच्नु कि मेरो अन्तिम डोजले नै उहाँको ज्यान लियो ।  उक्त औषधी खाएको केही बेरपछि नै मृत्यु भएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप