शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३३ किलो सुन प्रकरणमा नेकपाका कार्यकर्ता पक्राउ

शुक्रबार, ११ जेठ २०७५, ०९ : १७
शुक्रबार, ११ जेठ २०७५

मोरङ - साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीका एक जना सुन ब्यवसायी पक्राउ परेका छन् ।

बिहीबार साँझ प्रहरीले उर्लाबारी-६ स्थित सिद्धदेबी ज्वलर्सका सञ्चालक रेवत आचार्य पक्राउ परेका हुन् । 

उनी तत्कालिन एमालेका कार्यकर्ता हुन् । 

आचार्य उर्लाबारी-५ मा बस्दै आएका थिए ।

चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप