शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोनम, नेहापछि अब बेहुली बन्ने पालो दीपिकाकोः रणबीरसँग विवाहको मिति तय !

शुक्रबार, ११ जेठ २०७५, ०९ : २५
शुक्रबार, ११ जेठ २०७५

दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तोकिएको छ । रिपोर्टका अनुसार यसै वर्षको नोभेम्बर १९ मा यी दुईको विवाह मुम्बईमा हुनेछ ।

स्रोतका अनुसार यो मिति दीपिकाको परिवारले तय गरेको हो । दीपिकाका पारिवारिक ज्योतिषीले ग्रहको अध्ययन गरेपछि नोभेम्बर १९ लाई शुभ दिन मानेका थिए । यसमा रणबीरको परिवार पनि सहमत भएको बताइन्छ ।

साउथ इन्डियन स्टाइलमा हुनेछ विवाहः

दीपिका र रणबीरको विवाह साउथ इन्डियन स्टाइलमा हुने अनुमान गरिएको छ । यसका लागि रणबीर पारम्परिक मुंडु पोशाक लगाउनेछन् भने दीपिकाको वेडिङ ड्रेस चर्चित डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गर्न सक्नेछन् । विवाहमा मुम्बईमा हुने भनिएपनि यसबारे अगस्टमा निर्णय हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप