बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालुवाको अवैध उत्खनन गर्ने २ ट्याक्टर, २ स्क्याभेटर र जेसिबीसहित ५ जना पक्राउ

शुक्रबार, ११ जेठ २०७५, १० : ४१
शुक्रबार, ११ जेठ २०७५

तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं. ५ पाटन दबलुङ स्थित सेती नदिको निषेधित क्षेत्रमा बालुवा उत्खनन गर्दै गर्दा विहिबार दुइ ट्याक्टर पक्राउ परेका छन् । 

पक्राउ पर्ने ट्याक्टरहरुमा ग १ त ४४४६ र ग १ त २११४ नं. को ट्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नदीबाट बालुवा उत्खन गरेर ट्याक्टरमा लोड गर्दै गरेको अबस्थामा फेला पारी दुबै ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

मंगलबार नै आवश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 


गत मंगलबार पनि तनहुँको भिमाद नगरपालिका वडा नं. ५ अठ्ठाईसमा दुई जना लाइ प्रहरीले पक्राउ गरेको थियो । अनाधिकृत तबरबाट २ वटा स्क्याभेटर प्रयोग गरी गिटी बालुवाको उत्खनन गरी थुपार्दै गरेको अबस्थामा दुबै स्क्याभेटर सहित चालकहरु चितवन माडी नगरपालिका वडा नं. ८ बस्ने बर्ष २० को अमित रिमाल र बन्दिपुर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २२ को बिष्णु थापालाई प्रहरीले नियन्त्रण लिएको थियो । 

यता, भानु नगरपालिका वडा नं. ३ खहरे स्थित मर्स्याङ्दी नदिमा गत आइतबार बा १ क ९७९६ नं. को जेसिबी प्रयोग गरी अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्दै गर्दा जेसिबी सहित ३ जना लाइ प्रहरीले पक्राउ गरेको थियो । 

बालुवा थुपार्दै गरेको अवस्थामा उक्त जेसिबी सहित चालक बाके कोहलपुर नगरपालिका वडा नं. ११ घर भएका बर्ष २७ को अर्जुन थापा लाइ पक्राउ गरिएको हो । अबैध रुपमा जेसिबी प्रयोग गरी बालुवा चोरी निकाशीको काम लगाउने बन्दीपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २८ को सुजन गुरुङ र बन्दीपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २७ को आकाश गुरुङलाई सोही स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप