शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली सरकारको १०० दिन : पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै , अझै बढ्न सक्ने सम्भावना

शुक्रबार, ११ जेठ २०७५, ११ : २६
शुक्रबार, ११ जेठ २०७५

काठमाडौँ । केपी शर्मा ओली प्रधानमन्त्री भएर आए यता पेट्रोलियम पदार्थको मूल्य ४ पटक बढिसकेको छ । फागुन ३ गते प्रधानमन्त्री भएर ओली आउँदा पेट्रोलको मूल्य १०४ रुपैयाँ थियो ।

यो २०७४ माघ १८ गते समायोजन गरेको मूल्य थियो । त्यतिबेला डिजेल र मट्टितेल प्रतिलिटर ८३ रुपैयाँ रहने गरी मूल्य समायोजन गरिएको थियो । 

ओली आए लगत्तै फागुन २० गते फेरि मूल्य समायोजन भयो । भर्खरै आएको सरकारले मूल्य घटाएर समायोजन गरेपछि आम अपभोक्तामा आश पलाएको थियो ।

तत्कालिन काँग्रेस सरकारको पालामा तेलको मूल्य बढाएको भन्दै आक्रोशित बनेका उपभोक्ताहरुमा ओली सरकार आउनु र मूल्य घट्नु पनि संयोग जस्तै बन्यो ।

आक्रोशित उपभोक्ता केही मत्थर बने । फागुन २० गते पेट्रोलमा १ रुपैयाँ घटेर प्रतिलिटर १०३ रुपैयाँ कायम भयो भने डिजेल र मट्टितेलको मूल्यलाई यथावत राखियो ।

तर, त्यसयता चार पटक पेट्रोलियम पदार्थको मूल्य बढिसकेको नेपाल आयल निगमले जनाएको छ । २०७४ चैत २० गते पेट्रोल र मट्टितेलमा प्रतिलिटर २÷२ रुपैयाँले बढ्यो ।

पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुग्यो भने मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ कायम भयो । 

त्यसको एक महिना नपुग्दै फेरी मूल्य बृद्धि गरियो । २०७५ बैशाख ३ गते सरकारले उपभोक्तालाई  पेट्रोलियम पदार्थको मूल्य बृद्धि उपहार दियो । पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँको मूल्य बृद्धि भयो । 

पछिल्लो पटकको मूल्य समायोजनपछि निगमको अर्धमासिक नाफा घाटा शुन्य रहने भनेको छ । मुल्य समायोजन नगर्दा भने मासिक करिब ३२ करोड घाटा हुने निगमले जनाएको छ ।

ओली सरकारको सय दिनसम्म आइपुग्दा चार पटक बढेको मूल्य बृद्धिले पेट्रोलमा ६ रुपैयाँ र मट्टितेल डिजेलमा ९ रुपैयाँ बढाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजेल मट्टितेलको प्रतिलिटर ९२ रुपैयाँ छ ।

पछिल्लो पटक जेठ २ गते मूल्य समायोजन भएको हो ।  नेपाल सरकार र निगम सञ्चालक समिति बिचको २०७१ सालको निर्णय बमोजिम स्वतः स्वचालित मूल्य संरचना कायम गर्दै आएको आयल निगमले जनाएको छ । 

पछिल्लो पटकको मूल्य समायोजनपछि निगमको अर्धमासिक नाफा घाटा शुन्य रहने भनेको छ । मुल्य समायोजन नगर्दा भने मासिक करिब ३२ करोड घाटा हुने निगमले जनाएको छ ।

स्वतः स्वचालित मूल्य संरचनाअनुसार निगमले प्रत्येक १५÷१५ दिनमा मूल्य घटबढ गर्ने गरेको छ । 

उता, भारत सरकारले बिहिबार पेट्रोलियम पदार्थको भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै आफूले मूल्य समायोजन गरेको भारत सरकारले भारतीय सञ्चार माध्यममा भनेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा विशेष गरी भारतमा मुल्य बढ्ने बित्तिकै त्यसको सिधा असर नेपाली बजारमा पर्ने गरेको छ । 

इण्डियन आयल कर्पोरेसन लिमिटेडले नयाँ मूल्य पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढ्ने सम्भावना देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप