शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा भित्रियो अत्याधुनिक आइडी कार्ड प्रिन्टर, जनार्दनले गरे शुभारम्भ

शुक्रबार, ११ जेठ २०७५, १४ : २४
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं– नेपालमा अत्याधुनिक आईडी कार्ड प्रिन्टर भित्रिएको छ ।

बैंक, स्कुल/कलेज तथा अस्पतालहरुको स्मार्ट आईडी कार्ड तत्काल उपलब्ध गराउने उद्देश्यले मलिका इन्कर्पोरेट प्रालिले आडडी कार्ड प्रिन्टर नेपालमा पनि भित्र्याएको हो । 

शुक्रबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गरिएको छ । 

पूर्वगृहमन्त्री जनार्दन शर्माले शुभारम्भ गरेको सो सेवाले स्मार्ट आइडी कार्ड निर्माणको कामलाई सहज र सुलभ बनाउने कम्पनीका अध्यक्ष टीकाराम जोशीले जानकारी दिए ।

भारतमा अत्याधिक प्रयोग हुने यो प्रविधि नेपालमा पनि भित्र्याइएको कम्पनीले जनाएको छ ।

‘जेब्रा जेटएक्सपीथ्री आइडी’ नाम दिइएको सो प्रिन्टरले राष्ट्रिय परिचय पत्र बनाउने सरकारको योजनालाई पनि सहज बनाउने दावी गरिएको छ ।

मालिका इन्कर्पोरेटले डिजिटल नेपाल बनाउने उद्धेश्यका साथ राष्ट्रिय परिचयपत्रलाई स्मार्ट डाटा प्रविधिको अवधारणामा काम गर्ने प्रविधि पनि ल्याएको छ । जसको सहयोगमा निर्वाचन आयोगले जारी गर्ने परिचयपत्र, स्थानीयनिकायले जारी गर्ने परिचयपत्रपनितयार गर्न सकिने इन्कर्पोरेटले जनाएको छ । 

बैंक तथावित्तीय संस्थाले जारी गर्ने एटीएम पनि इएमभि मापदण्डको पछिल्लो संस्करण अनुसार प्रिन्ट गर्ने प्रणाली बैंक तथ ावित्तीय संस्थाहरुका लागि मालिकाले उपलब्ध गराउनेछ । 

जसको सहयोगमा बैंकहरुले एटीएम बितरण गर्न साताबढीसम्म समय लगाउँदै आएकोमा छिनभरमा एटीएम सेवाग्राहीलाई दिन सक्ने छन् । 

इन्स्ट्याण्ट कार्ड ब्राञ्च इसुएन्सको सहयोगमा डाटालाई केही बेरमा कार्डमा स्टोर गरी द्रुत सेवादिन सक्ने मालिका इन्कर्पोरेटले जनाएको छ ।

स्मार्ट हस्पिटल प्रोजेक्ट अन्तरगत अस्पतालमा कागजको प्रयोगलाई निरुत्साहित गर्ने प्रविधि ल्याएको मालिकाले बिरामीका साथै अस्पताल प्रशासनलाई चुस्त सेवामा अभ्यस्त बताउन सक्ने बताएको छ ।

यसबाट विद्यनर्थी, अभिभावक, शिक्षक तथा कर्मचारी लाभान्वित बताइएको छ । 

स्वास्थ्य, यातायात, शिक्षा, बैंकिगं क्षेत्रमा मालिका इन्कर्पोरेटले भित्र्याएका अटोमेशन प्रविधिले आम नागरिकको दैनिकी सहजहुने विश्वास पनि उनले व्यक्त गरे । 

मालिका इन्कर्पोरेटले सूचना प्रविधिका क्षेत्रहरु, स्वास्थ्य, यातायात, बैंक, शिक्षाका साथै राष्ट्रिय महत्वका सूचना संकलनतथा सम्पादनका क्षेत्रमा प्रविधिको प्रयोग व्यापक बनाउने लक्ष्यलिएको छ ।

भारतमा आधार कार्ड, लाइसेन्स, एयरफेर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवादिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपालप्रवेश गराउँदै यस्तो योजना बनाएको हो । 

मालिका इन्कर्पोरेटले माइक्रो प्रोसेसर चीप जडित स्मार्ट कार्ड र कार्ड प्रिन्टर उपलब्ध गराउँछ ।

अमेरिकामा उत्पादित र भारतमा अधिक प्रयोगमा रहेको आधुनिक प्रविधियुक्त उपकरणको प्रयोगबाट अहिले स्मार्ट लाइसेन्स बितरणमा भईरहेको ढिलासुस्तीतत्काल हटाउन सक्ने मालिकाइन्कर्पोरेटले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप