बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घाईतेलाई  नेपाली सेनाको  हेलिकप्टरमार्फत काठमाडौं लगियो

शुक्रबार, ११ जेठ २०७५, १८ : ०३
शुक्रबार, ११ जेठ २०७५

-ओपेन्द्र बस्नेत 

तुलसीपुर । सवारी दुर्घटनामा परी तुलसीपुरमा घाइते भएकी एक महिलालाई उपचारका लागि नेपाली हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । तुलसीपुरको व्यस्त बजारमा शुक्रबार विहान करिब ७ बजे रा१क ५८३ नम्बरको टिपरले रा३प २५३३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक तुलसीपुर–३ दमारगाउँ निवासी टिना केसी गम्भिर घाइते भएकी थिइन्  । 

३ लाख २५ हजार रुपैयाँ खर्च गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

‘तुलसीपुरको पुरानो बैंक चोकलाई नमोडेर सिधै जाने क्रममा टिप्परले ठक्कर दिएछ,’ प्रनाउ सापकोटाले भने, ‘टिप्परले थाईमा लछारेको छ मान्छेले हल्ला गरेर आन्द्राभुँडी निस्केको हल्ला गरेका छन् ।’

‘पैसा जम्मा गरेको १० मिनेटभित्र सेनाको हेलिकप्टर आउँदो रहेछ,’ पत्रकार सरद रेग्मीले भने, ‘३ लाख ७५ हजार तुलसीपुका व्यापारी, बिमल रिजाल र विनिल केसीले १९ नम्वर बाहिनी अड्डा तुलसीपुरमा जम्मा गरेपछि आयो ।’ 

दुरीका आधारमा बाँकी ५० हजार फिर्ता गरिने बताइएको छ । ठक्कर दिने टिप्परसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेडिसीटी नेपालकै सबैभन्दा ठूलो अस्पतालका रुपमा हेर्ने गरिन्छ । सामान्य परिवारका व्यक्तिलाई हेलिकप्टरमार्फत उपचार गर्न लगिएको यो दाङमा पहिलो पटक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप